
मन्थली,८ कार्तिक । रामेछापको मन्थली नगरपालिका वडा नं –७ मुगिटारमा आज एक कार्यक्रमका वीच जनसेनापति रामचन्द्र प्रसाईको शालिक अनावरण गरिएको छ ।
राष्ट्रभक्त सपुतका रुपमा चिनिएका प्रसाईले विक्रम सम्बत १८६१ मा नागरिकहरुलाई एकतृत गरी जनसेनाको नेतृत्व गदै सिन्धुलीगढिमा भएको अग्रेँज र नेपालको युद्धमा अग्रेजलाई परास्त गर्न ठूलो भूमिका निर्बाह गरेका थिए ।
उनले युद्ध अबधिभर राशनपानीको ब्यवस्था गरेका र पृथ्वी नारायण शाहको अनुरोधमा तत्कालिन अबस्थामा नगद रु २ हजार प्रदान गरी युद्धमा सहयोग पुरयाएको बताइएको छ ।
प्रसाईको शालिक मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले अनावरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले ऐतिहासिक ब्यक्तित्वका रुपमा रहनुभएका प्रसाईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।
मन्थली नगरपालिकाको दुई अा ब मा गरी करिब १२ लाख को लागतमा उक्त शालिक निर्माण गरिएको वडा अध्यक्ष भुवनहरी प्रसाईले बताउनुभयो ।











यो बारेमा तपाईको प्रतिकृया