Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगर उप–प्रमुख काठमाडौं–हेटौंडाको सवारी पास लिएर साँघुटार गइन जन्त

नेपाल अभियान नेपाल अभियान
९ फाल्गुन २०७६, शुक्रबार
in समाचार
0
1.7k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– मन्थली नगरपालिका उप–प्रमुख मायाकुमारी कार्कीले जन्त जान सरकारी गाडीको दुरुपयोग गरेकी छन् । मन्थली नगरपालिकाको कर्मचारी समेत रहेका सुवास काफ्लेको विवाहमा मन्थली नगरपालिका उप–प्रमुख कार्कीले सरकारी गाडीको दुरुपयोग गरेकी हुन् ।

फागुन ९ गते शुक्रबाट महाशिवरात्रीको सार्वजनिक विदा र १० गते शनिबार परेकाले मन्थली नगर उप–प्रमुख कार्कीले सरकारी कामको लागि भन्दै रामेछाप– काठमाडौं हुँदै हेटौंडासम्मको लागि जिल्ला प्रशासन कार्यालय रामेछापबाट सवारी पास लिएर रामेछाप नगरपालिकाको साँघुटारमा जन्त गएकी हुन् ।

उप–प्रमुख कार्कीले सरकारी साधनको दूरुपयोग मात्रै हैन, पदीय शक्तिको आडमा सवारी पासको समेत दूरुपयोग गरेकी छन् । जन्त गएको समेत भक्ता खाने योजनामा उप–प्रमुख कार्कीले सरकारी कामको लागि भनेर रामेछापबाट काठमाडौं– हेटौंडको लागि सवारी पास लिएर शुक्रबार साँघुटार जन्त गएकी हुन् ।

उप–प्रमुख कार्कीले रामेछाप–काठमाडौं, हेटौडाको लागि सरकारी कामकाजको लागि भन्दै सवारी पास लिएको रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी भाष्कर दाहालले जानकारी दिए ।

कर्मचारीको विवाहमा जन्त गएकी उप–प्रमुख कार्की चढेको बा २ झ २४०७ नम्बरको सरकारी गाडी जन्तीले खचाखच भरिएको थियो । सार्वजनिक विदाको दिन नगरपालिका भित्रको सार्वजनिक कार्यक्रम बाहेक सरकारी सवारीको प्रयोग गर्न नपाइने मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।

सार्वजनिक विदाको दिन नगरापालिकाको काम बाहेक अन्य काममा सरकारी सवारी साधान प्रयोग भएको पाइएमा नियन्त्रणमा लिन ट्राफिक प्रहरीलाई समेत आपूmले सुझाव दिएको नगर प्रमुख बस्नेतले बताए ।

सार्वजनिक विदाको दिन विशेष काम बाहेक विनाअनुमति सरकारी सवारी चलाउनु, सरकारी सवारीको दुरुपयोग मानिने जिल्ला प्रहरी कार्यालय रामेछाप प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले बताए ।

उप–प्रमुख आफू सहित जन्ती लिएर गएको सरकारी गाडी प्रहरी चौकी साँघुटारको प्राङगणमा राखेर विवाहको भोजमा सामेल भएकी छन् ।  यस विषयमा उप–प्रमुख कार्कीसँग बुझ्दा सालुसम्म आफ्नो कार्यक्षेत्र भएको भन्दै कार्यक्षेत्र बाहिर घुम्न जाने अधिकार आफूलाई भएको बताइन । आपूm जनप्रतिनिधि भएकोले सार्वजनिक विदा भए पनि घुम्न जानको लागि सरकारी गाडी लिएर घुम्न जान पाउँने दावि गरिन ।

Share1406Tweet127Share36

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

९ फाल्गुन २०७६, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

९ फाल्गुन २०७६, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

९ फाल्गुन २०७६, शुक्रबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

९ फाल्गुन २०७६, शुक्रबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

९ फाल्गुन २०७६, शुक्रबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

९ फाल्गुन २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.