रामेछाप –जिल्लामा रहेका सबै पालिका र सरकारी कार्यालयहरुले गर्ने बिकास निर्माण र अन्य कामहरुको बारेमा अझैपनि खवरदारी गर्न नपुगको नागरिक संघ संथाका प्रतिनिधिहरुले ठहर गरेका छन् ।
ट्रान्परेन्सी इन्टरनेशनल नेपालले रामेछापमा सञ्चालन गरेको भुकम्प पछिको पुन निर्माण र पुनःस्थापनामा सदाचार परियोजनाले सोमबार आयोजना गरेको सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग बिषयमा नागरिक संस्थाहरुसँग गरेको छफलका क्रममा कार्यमका सहभागिहरुले सो कुरा को ठहर गरेका हुन ।
जिल्लामा रहेका ८ वटा पलिका, प्रदेश,संघ र जिल्लास्तरका कार्यालयहरुले गर्ने काम हरुमा पारदर्शि नभएको, सामाजिक जवाफदेहिताका औजारहको प्रयोग अत्यन्तै नगन्य मात्रामा भएको र नागरिकको नाताले सूचना माग्न जाँदा सूचना नपाएको समेत गुनासो गरेका थिए ।
गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष भुवन कुमार श्रेष्ठको अध्यक्षतामा समन्न उक्त कार्यक्रमका अबसरमा गैसस महासंघका केन्द्रीय सदस्य मिलन कुमार घिसिङ, नागरिक संञ्जालका संयोजक रामचन्द्र बियोगी, गैसस महासंघका पूर्ब अध्यक्ष बिरेन्द्र श्रेष्ठ,मावनअधिकार कर्मी हिमाल ढुंगेल, एडभोकेशि फोरमका पाण्डब प्रसाई, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, गैसस महासंघका उपाध्यक्ष रत्न प्रसाद कँडेल, पत्रकार युवराज श्रेष्ठ, उद्योग बाणिज्य संघका सचिब सुरेश उदाश, दलित अधिकारकर्मी लेख बहादुर बि.क लगाएतले जिल्लाका सबै पालिकामा कोभिड –१९ का नाममा भएको खर्च पारदर्शि हुनुपर्ने र प्रत्येक तीन तीन महिनामा स्वतःस्फुर्त रुपमा आफुले गरेको कामहरुकोे सार्बजनिक गर्नु पर्ने कुरालाई जोड दिएका थिए ।
कार्यक्रमका अबसरमा जिल्ला समन्वय समितिका सदस्य पूर्ण बहादुर महतले जिससमा दरबन्दि अनुसार कर्मचारी नहुँदा र आबश्यक स्रोत र साधन नहुँदा पालिका र जिल्लास्तरका अन्य कार्यालयहरुले गरेका कामहरुको प्रभाबकारी ढंगबाट अनुगमन गर्न नसकिएको बताउनुभयो ।
परियोजनाका कार्यक्रम संयोजक दिपक केशीले आफ्नो संस्थमा भएको सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगका बारेमा पनि जानकारी गराउनु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया