रामेछाप ४ चैत । निर्वाचन आयोगले यस अघि वन्द गरेको मतदाता नामावली संकलन कार्य पुनः खुल्ला गरेको छ ।
यस अघि सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली संकलनको काम स्थगित भएको थियो ।
यहि चैत्र ५ गतेदेखि देशभरका ७७ वटै जिल्ला निर्वाचन कार्यालयहरु वाट मतदाता नामावली संकलन गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगको वुधवार वसेको बैठकले विहिवार देखि जिल्लाका सबै निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन र अध्यावधिक गर्ने निर्णय गरेको हो ।
यो बारेमा तपाईको प्रतिकृया