मन्थली ,६ फागुन । विश्व शान्तिका लागि महाशिवरात्री पर्व भन्ने मुल नारा सहित ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीले बुधवार महाशिवरात्री पर्वको अबसर पारे विशेष कार्यक्रको आयोजना गरेको छ ।
ब्रह्माकुमारी सीता दिदीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अबसरका शिब पावतीको चैतन्य झाँकी प्रदर्शन गर्नुका साथै नृत्य र प्रबचन को समेत आयोजना गरिएको थियो ।
कार्यक्रमको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी थापाले यस्ता कार्यक्रमले समाज सकरात्क दिशा तर्फ उन्मुख हुने भन्दै आफु पनि यही कारण ओम शान्ति प्रति आकर्षित भएको बताउनुभयो ।











