मन्थली,१२ माघ । नेपाली काँग्रेस सुनकोसी गाँउपालिकामा विभिन्न पार्टी परित्याग गरी ३५ जना काँग्रेस पार्टी प्रबेश गरेका छन् ।
शनिवार नेपाली काँग्रेस सुनकोसी गाँउपालिकाले आयोजना गरेको क्रियाशिल सदस्य नविकरण तथा पार्टी प्रवेश कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि संघिय सांसद शुशिला कुमारी थिङ र महाधिबेशन प्रतिनिधि प्रेम चन्द्र दाहालले टिका र खादा लगाएर काँग्रेस पार्टीमा स्वागत गर्नु भएको थियो ।
पार्टी प्रवेश गर्नेहरु अधिकांस सुनकोसी गाँउपालिका वडा नं –६ का रहेको र आफुले विशेष पहल गरेर पार्टि प्रवेश गराएको सो वडाका वडा सभापति दामोदर उप्रेतीले बताउनुभयो ।
कार्यक्रम नेपाली काँग्रेस सुनकोसी गाँउपालिकाका सभापति चन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया