मन्थली १७, माघ । नेपाली काँग्रेस रामेछापले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै शनिवार पार्टिको विस्तारित बैठक सम्पन्न गरको छ ।
औपचारीक रुपमा माघ १९ गते खाँडादेवी गाँउपालिकाको भिरपानी बाट अभियान सुरु गर्ने भनिएपनि १८ गते रामेछाप नगरपालिका को वडा नं –८ बाट प्रचार प्रसार अभियान सुरु गर्ने बताइएको छ ।
शनिवार बिपी स्मृति भवन भैसेश्वर मा कार्यवाहक सभापति नवराज थोकरको अध्यक्षतामा बसेको विस्तारित बैठकले काँग्रेसका उम्मेद्वार रामचद्र खड्कालाई जिताऊँ अभियानको सुरु भएको उद्घोष पनि गरिएको थियो ।
बैठकले शनिवार नै जिल्लाका विभिन्न वडा हरुका लागि आबश्यक झन्डा, मतदाता नामावली बुझाई प्रत्येक वडामा ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्न अनुरोध समेत गरेको छ ।
बैठकमा बोल्ने अधिकांस बक्ताहरुले काँग्रेस रामेछापले बौद्धिक, निष्ठावन, आदर्श र जिल्लाकै अग्रज नेताको पहिचान बोकेका रामचन्द्र खड्कालाई संसद्को उम्मेद्वारको रूपमा अगाडि सारेकोले जीत सुनिश्चित भएको बताएका छन् ।
कार्यक्रमका अबसरबमा बोल्दै महाधिबेशन प्रतिनिधि ध्रुबहरी ढुंगेलले अन्य दलका उम्मेद्वार र कार्यकर्ता गाउँ पुगेर मतदाता भेटघाटमा व्यस्त भइरहेको प्रशंग उल्लेख गर्दै भन्रुभयाे अरू पार्टि घोडा भएको र नेपाली काँग्रेस पार्टि हात्ति भएकोले घोडा जति दौडिए पनि गन्तब्य मा पुग्ने बेलामा हात्ति नै अगाडी पुग्ने गर्दछ ।
ढुङ्गेलले भन्नुभयो – ‘अरू गाउँ–गाउँ पुगेका छन् तर काँग्रेस किन निदायो भन्न सक्छन तर त्यसो हैन घोडा दौडिनु र हात्ती लम्किनु मा हात्तीले जित्छ।’
उहाले नेपाली काँग्रेसका उम्मेद्वार बिचलिन नभइकन मतदाता माझ जानु पर्ने र उनीहरूका अगाडि जेन्जीका मागसहित लोकतन्त्र र संविधानको रक्षाको लागि काम गर्न सक्ने बाचा गरे चुनाव निश्चित जित्न सकिने जिकिर गर्नुभयो ।
विस्तारित बैठकको कार्यक्रम सञ्चालन गर्दै पार्टी सचिव दीपक खड्काले ‘आज पार्टीले ६४ वटै वडाका कांग्रेका कार्यकर्तालाई रामचन्द्र खड्का जिताऊ अभियानमा लाग्ग्न अनुरोध गर्नुभयो ।
। उहाँले पार्टीका आन्तरिक असन्तुष्टिहरूलाई परै राखेर रुख चिन्हका उम्मेद्वरलाई जिताउनुको विकल्प छैन । जनताको समस्या, गुनासा सुन्न र समाधान गर्न केन्द्रित भएर आ आफ्ना गाँउ गाँउमा गई लागि पर्न अनुरोध गर्नुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति निरोज खड्काले पनि पार्टीका उम्मेद्वारलाई विजयी गराउन जस्तो सुकै जिम्मेवारी निर्वाह गर्न तयार रहेको जिकिर गर्दै भन्नुभयो ‘निष्ठा र सबैले चिनेको हाम्रो उम्मेद्वारलाई विजयी घोषण गर्न मात्रै बाँकी छ नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।
सो बैठकमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई जिम्मेवारी बाँडफाँड गर्दै चुनावमा होमिन स्मरण गराइएको पार्टी सचिव विनोद कार्कीले बताउनुभयो । उहाले भन्नुभयो– ‘वडादेखि जिल्लासम्मको संगठन परिचालन, मतदाता भेटघाट, घरदैलो अभियान र प्रचार–प्रसारलाई प्रभावकारी बनाउने विषयमा स्पष्ट कार्य योजना बनाएर लागेका छौँ’
शनिवार सम्पन्न बैठकमा बोल्ने अधिकांसले नेपाली काँग्रेस रामेछापको १७ वर्षदेखि पार्टीको नेतृत्व सम्हाल्दै कार्यकर्ताबिच लोकप्रिय बनेका अनुभवी नेता रामचन्द्र खड्कालाई उम्मेद्वार बनाउनु अग्रज र अनुभवी नेता, कार्यकर्ता कै लागि गौरवको विषय बनेको भन्दै प्रशंसा गरे । उनीहरुले ‘गगन–विश्व’ जस्ता युवाहरूको नेतृत्वमा आएको काँग्रेसले पार्टीपछि अब देशकै परिवर्तन गर्ने सक्षम छ’ र लाग्छ भन्ने उदाहरण पेस गर्ने विश्वास व्यक्त गरेका छन । गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि काँग्रेसकै उम्मेद्वार पूर्णबहादुर तामाङ (कान्छाराम) ले नेकपा एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुङ्गेललाई फराकिलो मतान्तरले पराजित गरेकाले यो पटक पनि नेपाली काँग्रेसकै जित सुनिश्चित हुने दावि गरिएको छ ।











यो बारेमा तपाईको प्रतिकृया