जिल्ला प्रशासन कार्यालय रामेछापको हाता भित्र राष्टिय परिचय पत्र बनाउन आउने जेष्ठ नागरिकहरुको भिड बढी रहेको बेला जेष्ठ नागरिकहरुलाई समस्याबाट दुर गराउन रामेछापले जिल्लास्थित सबै बैङ्क तथा शाखाहरूलाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगरी सहजता गर्न निर्देशन दिएको छ ।
प्रशासकिय अधिकृत प्रकाश प्रधानका नामबाट प्रशासले जारी गरेको निर्देशनपत्रमा सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आउने सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको आधारमा सेवा अस्वीकार गरेको गुनासो आएको भन्दै नेपाल राष्ट्र बैङ्कको संशोधित निर्देशनको आधारमा अशक्त र असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए अन्य आवश्यक कागजात संलग्न गरेर समेत खाता खोल्न र कारोबार गर्न सक्ने प्रावधानलाई कायम गरि सेवाग्राहिका कामलाई निरन्तरता दिन पनि कार्यालयले आग्रह गरेको छ । प्रशासनले उक्त जानकारी जिल्लास्थित आठवटै स्थानीय तहलाई हो ।
‘नेपाल राष्ट्र बैङ्कबाट मिति २०८१÷०९÷२५ मा जारी भएको निर्देशनमा संशोधन गरी पत्र सङ्ख्या ११ ÷०८१÷८२ मिति २०८१÷१२÷२७ मा बैङ्क तथा वित्तीय संस्थाहरूमा जारी भएको निर्देशनमा “आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैङ्क खाता खोल्न र कारोबार गर्न सक्नेछन” भनी उल्लेख भएको हुँदा उल्लिखित सेवाग्राहीहरूलाई उक्त निर्देशनको पूर्ण पालना गरी सहजीकरण गर्नुहुन पनि अनुरोध गरिएको छ ।
लिखित रुपमा जारी गरिएको उक्त निर्देशनमा बैङ्क तथा वित्तीय संस्थाले उक्त कानुनी प्रावधानको पूर्ण पालना गरी सेवाग्राहीलाई सहजता दिन आग्रह गरिएको छ । साथै, निर्देशन कार्यान्वयन नगरेको पाइएमा सम्बन्धित निकायमा प्रतिवेदनसहित पठाउने चेतावनीसमेत पत्रमा उल्लेख छ । ‘यदि उक्त निर्देशन कार्यान्वयन नभएको अवस्था देखिएमा सम्बन्धित निकायमा लेखी पठाउने ब्यहोरासमेत अवगत गराइन्छ’, कार्यालयले स्पष्ट निर्देशन दिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया