Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘नागरिकको काम नगर्ने कार्यालय रामेछापमा राखिन्न’ : मन्त्री ढुङ्गेल

बद्री नयाँघरे बद्री नयाँघरे
७ श्रावण २०७६, मंगलवार
in प्रहरी-प्रशासन
0
991
SHARES
Share on FacebookShare on Twitter

७ साउन, २०७५

रामेछाप- प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेश अन्तरगतका कार्यालयले नागरिकको अपेक्षा अनुसकारको काम नगरेको भए कार्यालय नै नरहने चेतावनी दिनुभएको छ । रामेछापमा रहेका प्रदेश सरकार अन्तरगतका कार्यालयले नागरिकको अपेक्षा अनुसारका काम नगरेको भन्ने स्थानीयको गुनासो पछि मन्त्री ढुङ्गेलले काम नगर्ने कार्यालयलाई जिल्लामा राख्नुको औचित्य नरहेको बताउनुभएको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै मन्त्री ढुङ्गेलले कम्युनिस्ट पार्टीको सरकार काममा बिश्वास गर्ने सरकार भएकोले सरकारी कार्यालयका कर्मचारीहरुले कार्यालमा प्राप्त अख्तियारी र बजेट भन्दा बढि काम गर्न निर्देशन समेत दिनुभयो ।
सार्वजनिक सुनुवाईमा सहभागीले अझै पनि अधिकासं कार्यालयका कर्मचारीहरुले जनताको काम नगरी बस्ने गरेको भन्ने गुनासो राखे पछि मन्त्री ढुङ्गेलले त्यस्ता कार्मचारीलाई तत्काल राजिनामा दिएर आफ्नै घरमा गएर बस्न आग्रह समेत गर्नुभयो । सहभागीले प्रदेश सरकार अन्तरगतका कार्यालयले काम नगरेको भन्ने आरोप लगए पनि मन्त्री ढुंगेलले भने प्रदेश सरकारले १६ महिनाको अबधिमा उल्लेख्य काम गरेको दाबी गर्नुभएको थियो । कामको जिम्मा लिएर समयमै ठेक्का अलपत्र अबस्थामा छोडेर हिड्ने ठेकेदार र काम नगर्ने काम चोर कर्मचारीलाई कडा कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिनुभयो ।

साउन १५ भित्र सबै कार्यालयलाई सार्वजनिक सुनुवाई गर्न प्रजिअ केसीको निर्देशन

प्रमुख जिल्ला अधकारी लिला कुमारी के.सी. जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुलाई साउन १५ भित्र आफ्नो कार्यालयबाट प्रवाह भएका सेवा तथा विकास निर्माणकको सार्वजनिक सुनुवाई गर्न निर्देशन दिनुभएको छ । संघिय सरकार र प्रदेश सरकार अन्तरगतका कार्यालयहरुले जिल्लाको स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुसँग समन्वय नै नगरी आफ्नो कार्यक्रमहरु अगाडी बढाइरहेको भन्ने सहभागीहरुले समस्या राखे पछि प्रजिअ पाण्डेले यस्तो निर्देशन दिनुभएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी.ले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह भएका सेवाहरुको बारेमा जानकारी गराउनुभएको थियो । सेवाको बारेमा जानकारी गराउँदै प्रजिअ के.सी.ले जिल्ला प्रशासन कार्यालयले आगमी दिनमा नागरिकलाई सहज हुने गरी कार्यालय र घुम्ती शिविर मार्फत सेवा दिन जिल्ला प्रशासन कार्यालय लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कर्मचारीको अभावमा लक्ष्य अुनसार काम गर्न सकिएन : कार्यालय प्रमुखहरु

जिल्लामा रहेका संघिय सरकार र प्रदेश सरकार अन्तरगतका कार्यालयहरुले पनि सार्वजनिक सुनुवाईमा आफ्नो कार्यालयबाट प्रवाह भएका सेवा तथा विकास निर्माणका कामको बारेमा जानकारी गराएका थिए । कार्यालय प्रमुखहरुले गत आर्थिक बर्ष २०७५/७६ मा कर्मचारी अभाव लगायतका समस्याले लक्ष्य अनुसारको काम गर्न नसकेको जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी लिला कुमारी के सी अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ३ नं प्रदेका सांसद शान्ति प्रासद पौडेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, पूर्ब सांसद देब शंकर पौडेल, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, नेकपाका जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, नेपाली काग्रेसका सभापति लव श्री न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगाएतले जिल्लाको बिकास निर्माणको बर्तमान अबस्था र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा आ–आफ्नो धाराण राखेका थिए ।

Share923Tweet29Share8

Related Posts

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन
प्रहरी-प्रशासन

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन

७ श्रावण २०७६, मंगलवार
मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह
प्रहरी-प्रशासन

मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह

७ श्रावण २०७६, मंगलवार
लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो
प्रहरी-प्रशासन

टिपर बाट खस्दा सह –चालकको मृत्यू

७ श्रावण २०७६, मंगलवार
दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन
प्रहरी-प्रशासन

दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन

७ श्रावण २०७६, मंगलवार
मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
प्रहरी-प्रशासन

मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

७ श्रावण २०७६, मंगलवार
टिपर दुर्घटनामा १ को मृत्यू १ घाइते
प्रहरी-प्रशासन

टिपर दुर्घटनामा १ को मृत्यू १ घाइते

७ श्रावण २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero