मन्थली, १४ पुष । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं –१ मा टिपर बाट खस्दा सह–चालकको मृत्यू भएको छ ।
यसरी मृत्यू हुनेमा मन्थली नगरपालिका वडा नं –४ का अन्दाजी ३५ बर्षिय नारायण बस्नेत रहेका छन् ।
प्रदेश ३–०१००३ क ५७६४ नंम्बरको टिपरले मन्थली नपा १ को सुकाजोर खोला बाट वालुवा लैजादै गरको र स्थानीये लक्ष्मी आयल स्टोर्सबाट ड्रममा डिजेल भरेर मन्थली नगरपालिका वडा नं–४ सालु लैजाने तयारीका लागि बस्नेत ड्रम मिलाउने क्रममा गुडिरहेको टिपरको ढालाबाट चिप्लिएर सडकमा बजारिएका थिए ।
सडकमा लडि घाइते भएका बस्नेतको मन्थली स्थित तामाकोसी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंङले बताउनुभयो ।
टिपर चालक मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका ३४ बर्षिय कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया