Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन

नेपाल अभियान नेपाल अभियान
२८ आश्विन २०८१, सोमबार
in प्रहरी-प्रशासन, समाचार, समाज, स्थानीय सरकार
0
40
SHARES
Share on FacebookShare on Twitter

खाँडादेवी,२८ असोज । दशैका बेला यात्रुको चापका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर रामेछापको खाडाँदेवी गाँउपालिका वडा नं–३ भीरपानीमा निःशुल्क खाजा सहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।

सम्भावित दुर्घटना न्यूनिकरणका लागि रामेछाप प्रहरी र खाँडादेवी गाँउपलिका वडा नं–३ माकादुमले नयाँ अभ्यासको सुरुवात गरेका हुन् ।
यहि असोज ११ र १२ गतेको अविरल बर्षाको कारण खुर्कोट र खैरेनीघाटको पुल वगाएपछि सिन्धुपाल्चोकको मुडे र दोलाकाको चरिकोट हुँदै लामो दुरी वाट खाडादेवी र सिन्धुलीका विभिन्न पालिकाहरुमा सवारी आवागमन बढन थालेका कारण दुर्घटना नहोस भन्ने उद्देश्यले यस ठाँउ ( प्रगतिशिल मावि भिरपानी नजिकै ) मा यो अभियान आफुले ब्यक्तिगत तर्फवाट सञ्चालन गरेको खाँडादेवी गाँउपालिका वडा नं–६ का वडाअध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

यस अघि ( घटस्थापना देखि फुलपातिको दिन सम्म) यस क्षेत्रमा पटक पटक २ ÷३ दुर्घटना भई मानविय क्षति समेत भएका कारण अब यस्तो नहोस नहोस भन्ने उद्धेश्यले यो अभियान सञ्चालन गरेको पनि अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाले भन्नुभयो “लामो दुरी पार गरेर अएका सवारी साधनहरु को ब्रेक तातेर अनियन्त्रीत भई यस क्षेत्रमा साना र ठुला गरी २÷३ वटा दुर्घटना भएकाले सवारी साधनहरु त्यसै रोक्न खोज्दा चालकहरुले नमानेपछि यो उपाय लगाइएको हो । ”

यो अभियान दशैका लागि घर जान हिडेका सर्वसाधारण हरुका लागि यहि असोज २४ र २५ गते गरिएको असोज २६ र २७ गते धेरै सवारी साधनहरु यस सडक मार्गबाट नगुडेका कारण केहि समय बन्द गरिएको र फेरी दशै मानेर काठमाण्डौ फर्कनेहरुका लागि (अबस्था र परिस्थीती हेरेर) यो अभियान पुःन सुचारु गर्न सकिने पनि उहाले जानकारी दिनुभयो । उक्त स्थानमा खाजाका लागि विस्कुट चाउचाउ लगाएतका ड्राइफुड राखिएको थियो भने मिनिरल वाटर, कोक, फेन्टा, डिउ लगाएतका चिसो पेय पदार्थ समेत निःशुल्क रुपमा उपलब्ध गराउने गरी सवारी विश्राम स्थल सञ्चालन गरिएको थियो ।

काठमाण्डौ बाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न भागहरुमा आउने जाने गरेका सवारी साधनहरु यस अघि को वार्षाका कारण सुनकोसी नदीमा आएको बाढिले ति दुवै स्थानका पुलहरु वगाए पछि मुडे चरिकोट मन्थली हुँदै यो सडक मार्ग भएर विभिन्न जिल्ला मा आओत जावत गर्ने सवारी साधनहरुको चाप बढेको थियो ।

रामेछाप जिल्ला प्रहरी प्रमुख प्रदिप कुमार सिंहले वडाले गर्नलागेका सकरात्मक काममका लागि आफुले पनि सहयोग गरेको बताउनुभयो । उहाले भन्नुभयो– “नागरिकको जिउ धनको सुरक्षा गर्नु हामी सबैको कर्तब्य भएकोले वडा नं–६ का वडाअध्यक्ष कार्कीको बिषेश पहलमा यो अभियान सञ्चालन गरिएको हो ।”

भीरपानीको सित्खा देखि पकरवासको गोगनपानी डाँडा सम्म उकालो र गोगनपानी देखि भीरपानीको चरी खोला सम्म ओरालो बाटो भएकोले यहा ब्रेक तातेर अलि बढि दुर्घटना हुन सक्ने संभावना रहेको छ । विभिन्न ठाँउमा गएको पहिरो पन्छाउँदै र चरी खोलाले वगाएको बाटो मर्मत पछि मात्र सञ्चानमा आएको उक्त सडकमा जोखिम पर्याप्त छ । उक्त दुर्घटनालाई न्यूनिकरण गर्नका लागि यो अभियान सञ्चालन गरिएको पनि वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
प्रहरी र वडा अध्यक्ष कार्कीको यो सामाजिक काम प्रति गाडिमा यात्रा गर्ने यात्रीहरु मात्र नभएर चालक,सहचालक र स्थानीय वासीहरु समेत खुसी भएको कुरा स्थानीय राजेश कुमार श्रेष्ठले बताउनुभयो ।

Share16Tweet10Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ आश्विन २०८१, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ आश्विन २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२८ आश्विन २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२८ आश्विन २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२८ आश्विन २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२८ आश्विन २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero