मन्थली,१४ चैत्र । सफल एबं आनन्दमय जीवनका लागि राजयाेग ध्यान सम्बन्धि छुट्टा छुट्टै प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र रामेछापले मन्थली मा बि र जिल्ला प्रहरी कार्यालय रामेछापमा उक्त कार्यक्रम सन्चालन गरेकाे हाे ।

विहिवार दिउसो मन्थली मावि र साझ जिल्ला प्रहरी कार्यालय परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको थियाे ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका सीता दिदीको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय परिसरमा भएको उक्त कार्यक्रममा जनपद र शसस्त्र प्रहरीहरु, सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न कार्यालयका प्रमुखहरु एबं स्थानीय लगाएतको उपस्थिति रहेको थियो भने मन्थली माविमा भएको कार्यक्रममा शिक्षकहरुको उपस्थिति रहेको थियो ।
प्रशिक्षणका क्रममा मन र मस्तिस्कलाई सकरात्मक ढंगले चलाउन सक्ने हो भने मानिसमा नकरात्मक भावनाहरु पैदा नहुने, लोभ क्रोध, मोह, अलंङ्कार त्याग्न सकिने भएकाले आफुले सधै शुभभावना लिनुपर्ने प्रशिक्षक रमण भट्टराइले बताउनुभयो ।
आफ्ना मातहतरमा रहेका प्रहरीहरुलाई सकरात्मक सोचको प्रशिक्षण दिँदा उनीहरुमा पनि काम गर्ने तौर तरिका परिवर्तन भई प्रभावकारी सेवा प्रवाह हुने विश्वासका साथ यो कार्यक्रमको आयोजना गरिएको प्रहरी नायव उपरिक्षक प्रदिप कुमार सिंङले बताउनुभयो । कार्यक्रमका अवसरमा बाेल्दै ब्रह्मकुमार डा. भरतकुमार श्रेष्ठले सकरात्मक साेच र राजयाेग ध्यान सम्बन्धि कार्यक्रम हरेक दिन ब्रह्मकुमारी राजयाेग सेवा केन्द्र मन्थली र रामेछापकाे भंगेरीमा रहेका आश्रमहरूमा चलिरहने हुँदा आफुलाई पायक पर्ने समय मा आएर सहभागी हुन आग्रह गर्नुभयाे ।
यो बारेमा तपाईको प्रतिकृया