मन्थली,१० माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रहरी भर्ना, छनौट तथा नियुक्ती समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेका लागि पुनः २ दिन म्याद थपेको छ ।
निर्वाचनका लागि जिल्लामा आबश्यक निर्वाचन प्रहरीको यस अघि खोलिएको विज्ञापन अनुसार पर्याप्त आबेदन नपरेपछि पुनः आबेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले बताउनुभयो ।
रामेछाप जिल्लामा १ हजार ३ सय ३३ जना निर्वाचन प्रहरी आबश्यक भएको भएपनि हाल यस अघि आबेदन दिएका ९ सय जना निर्वाचन प्रहरीलाईतालिम दिने काम भैरहेको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना,छनौट,नियुक्ती तथा परिचालन समिति एकिृत कार्यविधि – २०८२ अनुसार यस अघि प्रकाशित सूचना मार्फत निर्वाचन प्रहरीका लागि शारीरिक परिक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागि हुन छुट भएका एबं नयाँ आबेदन दिन चाहानेहरुले समेत माघ ११ गते सम्मका लागि पुनः म्याद थप गरिएको पनि सूचनामा उल्लेख गरिएको छ ।











यो बारेमा तपाईको प्रतिकृया