Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सबै पालिकामा आँखा उपचार केन्द्र स्थापनाको माग

नेपाल अभियान नेपाल अभियान
२३ श्रावण २०७६, बिहीबार
in समाज
0
59
SHARES
Share on FacebookShare on Twitter

२३ साउन, २०७६
मन्थली– रामेछाप जिल्लाका हरेक पालिकाहरुमा आँखा जाँच सम्बन्धि केन्द्र सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । बुधबार जिल्ला आँखा अस्पताल रामेछापले आयोजना गरेको परियोजना सल्लाहकार बैठककका अधिकासं सहभागिहरुले जिल्लाका सबै पालिकाका आम सर्वसाधारणलाई सहज हुने गरी पालिकामै आँखा केन्द्र स्थापनाको माग गरेका हुन् ।

उनीहरुले जिल्लाका सबै पालिकामा पालिका भरीका सर्वसाधारणलाई उपचारमा सहज हुने गरी पालिका नजिकै रहेको स्वास्थ्य संस्थामा आखाँ उपचारको ब्यवस्था गर्नुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले आँखा उपचार केन्द्र जिल्ला स्तरमा मात्र नभएर हरेक पालिका हरुमा स्थापना गर्नुपर्ने कुरालाई जोड दिनुभयो । उहाँले आर्थिक अभावमा लामो समय देखि आँखाको रोग पालेर बसेका आँखाका रोगिहरुलाई जिल्ला सदरमुकाम मन्थलीमा तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा बेला बेलामा हुने गरेको शिबिरबाट धेरै आँखाका रोगीहरु लाभान्बित भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला सामुदायिक अाँखा केन्द्रका प्रमुख बासुदेव अधिकारीले जिल्लामा रहेका आँखाका रोगीहरुको आँखामा मोतिबिन्दु, जलबिन्दु हुने र मधुमेहका कारण आँखाको पर्दामा असर हुने, आखाको नानीमा घाउ हुने, नबजात शिशुमा आँखा पाक्ने, आपतकालिन अबस्थामा आँखामा चोटपटक लाग्ने, आँखा अल्छि हुने न्यून दृष्टि र दृष्टि दोष जस्ता धेरै आँखामा समस्या देखिने हुनाले यसको बेलैमा उपचार गर्नु पर्ने जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सामुदायिक अस्पताल रामेछापका अध्यक्ष डा. सुमन कर्माचार्यले रामेछापको खाँडादेवी गाँउपालिका स्थित गाल्वामा, ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका र सिन्धुलीको फिक्कल गाउँपालिकामा पनि आँखा उपचार केन्द्र सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्का, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष राधिका नेवार, लगाएतका जनप्रतिनिधिहरुले आँखा उपचार केन्द्र सबै पालिकामा स्थापना गर्नुपर्ने र त्यसका लागि आफुहरुले पनि आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, पत्रकार हिमाल ढुंगेल, जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख रामचन्द्र पाठक लगाएतले जिल्ला सामुदायिक अस्पताल मार्फत हुने गरेको आँखाका रोगिहरुको उपचार प्रशसंनिय भए पनि यसलाई अझ परिमार्जित र नागरिकहरुबाट गुनासो नआउँने गरी सम्भब भएसम्म निःशुल्क रुपमा वा न्यून शुल्कमा संञ्चालन गर्न सुझाब दिएका छन् ।

१ लाख आँखाका रोगीले पाए उपचार

यूएसए हिमालय क्यटरयाक परियोजनाको आर्थिक सहयोग तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राबिधिक सहयोगमा जिल्लामा सञ्चालित जिल्ला सामुदायिक आँखा उपचार केन्द्रबाट हाल सम्म रामेछाप, सिन्धुली, दोलखा र ओखलढुंगाका करिब १ लाख जनाको आँखा परिक्षण गरिएको र जसमध्ये ३ हजार २ सय जना मोतियाबिन्दुका रोगिहरुको सल्यक्रिया (अप्रेशन) गरिएको तिलगंगा आँखा प्रतिष्ठानका प्रशानिक प्रमुख भगरिथ बाँनियाले बताउनुभयो ।

Share24Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२३ श्रावण २०७६, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ श्रावण २०७६, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ श्रावण २०७६, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ श्रावण २०७६, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ श्रावण २०७६, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ श्रावण २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero