मन्थली,२७ चैत । नेपाल पत्रकार महासंघ र प्रेस युनियन केन्द्रीय सममितिको मंगलवार सम्पन्न संयुक्त बैठकले ३ बुँदे समहमति गरेको छ ।
मंगलवार ति दुई संस्थाका पदाधिकारीहरु विच भएको छलफल पछि नेपाल पत्रकार महासंघको सुर्खेत साधारण सभाको मर्म र भावना अनुसार सदस्यता शुद्धिकरण अभियानलाई तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघको बिधानको प्रचलित ब्यवस्था अनुसार नियमित अबिधेशनको प्रकृया अगाडि बढाउने । महासंघको बिधानमा देखिएका कतिपय अब्यबहारिक प्राबधानहरु महाधिबेशन मार्फत संशोधन गर्न महासंघले पहल गर्ने र नेपाल पत्रकार महासंघको महाधिबेशन सम्पन्न भएको मितिले ३ दिन भित्र सदस्यता नामावलीको टुंगो लगाई सार्वजनिक गर्ने साथै सदस्यता टुंगो नलाग्दा सम्म निर्वाचनका कुनैपनि तालिका सार्वजनिक नगर्ने सहमति भएको छ ।

सहमति पत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले हस्ताक्षर गर्नु भएको छ ।
यसै विच नेपाल प्रेस युनियन रामेछापले पत्रकार महासंघ रामेछाप शाखालाई ध्यानाकर्षण पत्र पठाइ पत्रकार महासंघको सदस्यता टुंगो नलागे सम्म पत्रकार महासंघको अधिबेशन नगर्न अनुरोध गरेको छ ।
युनियनका सचिब सागर वोहोरा द्धारा हस्तक्षरीत ध्यानाकर्षण पत्रमा महासंघको कार्यालयमा प्रेस चौतारीले ताल्चा लगाएको स्मरण गराउदै सदस्यता शुद्धिकरणको टुंगो नलाग्दा सम्म अबिधेशन मा सहभागि हुन नसक्ने ठहर गरेको हो ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण विषयलाई बिभिन्न वाहानामा अतिरन्जित गरी टुंगो नलगाई अधिबेशन गर्न लागेको प्रति युनियनको ध्यानाकर्षण भएको जनाएको छ ।

ध्यानाकर्षण पत्रमा महासंघमा देखिएको समस्याको समाधान गरी कार्यालयमा लागेको ताल्चा खुलाई महासंघको गतिविधि लाई सञ्चालनमा ल्याउन आग्रह गर्दै सम्बन्धित निकायवाट कुनै पहल कदमी नभए आगामी दिनमा नेपाल प्रेस युनियन आबश्यक कदम चाल्न बाध्य हुने कुरा पनि उल्लेख गरिएकोे छ ।












यो बारेमा तपाईको प्रतिकृया