
मन्थली,१९ चैत्र । यही चैत्र १५गते भएको राजावादिहरुको आन्दोलनका बेला समाचार संकलन गर्ने क्रममा आगोमा जलि मृत्यू भएका सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ रामेछाप शाखाले सहयोग संकलन अभियान सुरु गरको छ ।
उनको हत्यको विरोधमा नेपाल पत्रकार महासंघ ले घोषणा गरेको कार्यक्रम गर्ने सिलसिलामा उक्त अभियान पनि सुरु गर्ने योजना वनाइएको महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले बताउनुभयो ।
आज देखि सुरु भएको यो अभियान करिव १ हप्ता सम्म चल्ने र उठेको रकम सिधै स्वर्गिय रजकको परिवारलाई पठाउने पनि अध्यक्ष घिमिरेले बताउनुभयो ।
कार्यक्रमको अबसरमा स्व सुरेश रजकको फोटोमा माल्यार्पण गर्नुका साथै विभिन्न संघ संगठनका प्रमुख एबं प्रतिनिधिहरु सँग अन्तरकृयात्मक कार्यक्रम समेत गरिएको थियो ।
पत्रकार महासंघ यही चैत्र १६ गते देखि रकजको हत्याको विषयलाई लिएर आन्दोलित छ । सोही सिलशिलामा रामेछाप शाखाले पनि आज आन्दोलनको चौथो दिन अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको थियो । शाखाका अध्यक्ष दिपक कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य नवराज पथिक, पूर्व अध्यक्षहरु बद्रि नयाँघरे, रमेश ढुंगेल, टिका प्रसाद भट्ट, हिमाल ढुंगेल , फनिज वागमति प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगाएतले राजावादिहरुले यस अघि देखिनै पत्रकारहरुलाई निशाना बनाइरहेको तर यस पटक भने पत्रकारको हत्या नै गरेको प्रति दुखः ब्यक्त गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया