Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ग्रामिण खेलकुद विकासमा बुद्धीकुमारको एक करोड खर्च

बद्री नयाँघरे बद्री नयाँघरे
९ कार्तिक २०७६, शनिबार
in समाज
0
681
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- खेलकुदको क्षेत्रबाट समृद्ध राष्ट्र बनाउन सकिने भए पनि सरकारले खेलकुद विकासमा देखाएको उदासीनताका कारण नेपालको खेलकुदमा भने जति विकास हुन सकेको छैन् । खेलकुदकै माध्यमबाट विकास गर्न सकिने आधारहरु धेरै भएको र सरकारले खेलकुदलाई प्राथमिकतामा नराखे पनि सहयोगी हातहरु जुटे भने ग्रामिण क्षेत्रबाटै खेलकुदलाई विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रामेछाका एक व्यक्तिले खेलकुद विकासमा करोड खर्च गरि सक्नुभएको छ ।

क्लबका अध्यक्ष शेर कुमार सुनुवारलाई जग्गा नामसारी पछि जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गर्दै समाजसेवी बुद्धी कुमार सुनुवार

रामेछापको उमकुण्ड गाउँपालिका वडा नम्बर ७ भुजी घर भई हाल बेलायतमा बसोबास गर्ने पूर्व व्रिटिस आर्मी बुद्धी बहादुर सुनुवारले सुविधा सम्पन्न खेल मैदान बनाउने योजनाका साथ अमृत घामछाँया खेलकुद मैदान नाम दिएर खेलकुद विकासमा एक्लो प्रयास सुरु गर्नुभएको हो । २१ वर्ष अघि देखि नै सुनुवारले खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यका साथ आफ्नो नाउँमा रहेको पाखो जग्गालाई सम्याएर खेल मैदान बनाउनकै लागि पटक–पटक गरी ३५ लाख भन्दा माथि खर्च गरिसक्नु भएको छ । त्यस्तै ९ वर्ष अघि सुनुवारकै सहयोगमा भुजी लिगको स्थापना गरी यस वर्ष भुजी लिगको ९ औं संस्करण समेत खेलाई सकिएको छ । आफूले स्थापना गरेको भुजी लिगको परिणाम राम्रो देखिँदै जान थालेकाले खेलकुदको माध्यमबाट ग्रामिण क्षेत्रको विकास गर्न सकिने बलिया आधारहरु भएकाले अहिले खेलकुद विकासको यात्रामा रहेको लिखु भुजी रामेछाप युवा क्लबको नाममा स्थानीय मूल्य अनुसार ५५ लाख बराबरको ६ रोपनी १० आना जग्गा समेत नामसारी गरिदिनुभएको छ ।

क्लबलाई जग्गा नामसारी गरे पछि सामुहिक तस्विरमा समाज सेवी बुद्धी कुमार सुनुवार

त्यस बाहेक समाजसेवी सुनुवारले भुजी लिग रनिङ सिल्डको लागि आवश्यक बजेटको समेत व्यवस्थापन गरिदिने गरेको लिखु भुजी रामेछाप युवा क्लबका अध्यक्ष शेर कुमार सुनुवारले बताउनुभयो । मान्छे नै बस्न छोडेको गाउँमा करोडौ खर्च गरेर खेलकुद विकासमा समाजसेवी सुनुवारले देखाएको सहयोगलाई सबैले उच्च मुल्यांकन गर्नु पर्ने क्लबका अध्यक्ष शेर कुमार सुनुवारले बताउनुभयो ।

जग्गाधनी दर्ता प्रमाण पुर्जा

शुक्रबार मालपोत कार्यालय रामेछापमा क्लबको नाममा जग्गा नामसारी गर्दै समाजसेवी सुनुवारले ग्रामिण क्षेत्रलाई खेलकुदको माध्यमद्धारा विश्व सामू नेपालीलाई चिनाउन देशको शीर नै उच्च रहने भएकाले आफूले खेलकुदको क्षेत्रमा व्यक्तिगत सहयोग गरेको बताउनुभयो । उहाँले भुजीमा अन्तराष्ट्रिय स्तरको खेलमैदान बनाउने गरी आफू लागी परेको समेत बताउनुभयो ।

क्लबलाई नामसारी गरिदिएको खेलकुद मैदान भएको जग्गा

Share504Tweet74Share21

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

९ कार्तिक २०७६, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

९ कार्तिक २०७६, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ कार्तिक २०७६, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ कार्तिक २०७६, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

९ कार्तिक २०७६, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

९ कार्तिक २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero