Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘दलित भएकै कारण मुगामाया घटना अनुशन्धान फितलो भयो’ : विश्वकर्मा एकता समाज सोलु

नेपाल अभियान नेपाल अभियान
१९ कार्तिक २०७६, मंगलवार
in समाज
0
89
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु- आफ्नै घरमा मृत भेटिएकी मुगामाया विश्वकर्माको घटना प्रति सोलुखुम्बु विश्वकर्मा एकता समाजले प्रहरी प्रशासनको ध्यानकर्षण गराएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै समाजले घटना घटेको ५६ दिन बितिसकेपनि प्रहरी प्रशासनले दोषि पत्ता लगाउन नसकेको भन्दै अनुशन्धानको दायरा फराकीलो बनाउँन माग गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ५ शेर्गाखोपकी मुगामाया विश्कर्मालाई गत भदौ २२ गते बिहान मृत अवस्थामा भेटिएको थियो । सोही दिन उहाँका ससुरा रत्नबहादुर घतानीले प्रहरीमा उजुरी दिनुभएको थियो ।

सदरमुकाम नजिकै महिलाको आफ्नै घरमा निर्मम्तापुर्वक हत्या गरेको भएपनि अनुशन्धान सुस्त र फराकीलो नभएको भन्दै समाजले जिल्ला प्रशासन घेराउ देखी ताला बन्दि सम्मको कार्यक्रम अगाडी बढाउँने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रामबहादुर विश्वकर्माले प्रहरी प्रशासनले चाहेको खण्डमा दोषि पत्ता लगाउन सक्ने भएपनि दलित भएकै कारण वेवास्ता गरेको दावी गर्नुभयो ।

“आज सम्म हामी चुप लागेर बसेका हौ, तर अब हामी चुप लागेर बस्दैनौ ।” उहाँले भन्नुभयो, “यी दलित हुन् यीनीहरुले के पो गर्छन् भनेर प्रहरी प्रशासनले सोचेको छ भने त्यो गलत हो, हामी जाग्यो भने अनि थाहाँ पाउँछन् ।” चेतावनी दिदै प्रश्न गर्नुभयो, “हामी पोष्टमाटम पछि शब नबुझ्ने भन्ने थियो तर तत्काल दोषि पात्ता लगाउन गाह्रो हुन्छ त्यो नगर्नुहोस् भन्दा मान्यौ, अब पनि चुप लागेर बसिदिनुपर्ने ?”

घटनाको बिषयमा अनुसन्धान गरेको प्रहरीले आवश्वसन मात्रै दिने गरेको पिडित पक्षको आरोप छ । घटनाको बिषयमा जिल्ला स्थीत राजनितिक दल देखी अधिकार कर्मी समेत मौन बसको भन्दै विश्वकर्मा एकता समाजका कोषाअध्यक्ष सैकुमार विश्वकर्माले समाजलाई सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो । उहाँले सनासो समात्ने र फलाम पिट्ने हात अब अधिकारको निम्ती उठाउँने चेतावनी दिनुभयो ।

यस्तै मृतकका पति अमर विश्वकर्माले दोषिलाई कानुनी कठगारामा ल्याउन सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो । हत्यारा पात्ता लगाउँने बिहान बेलुका भगुवानलाई पुकारने बाहेक केही बिकल्प नभएको गुनासो गर्दै सहयोगका लागि अपिल गर्नुभयो ।

यता मृतकका भाई गोपाल विश्वकर्माले घटनालाई जुनरुपमा लिईनुपर्ने हो त्यसरी नलिएको भन्दै आक्रोस व्यक्त गर्नुभयो । आज सम्म पर्ख र हेरको शिद्धान्तमा रहेको भएपनि धैर्यताको बाध टुट्न लागेको भन्दै उच्चतम प्रविधिको प्रयोग गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो । नेपालमा अपराधी पत्ता लगाउने कुकुर देखी अन्य थुप्रै प्रविधि भएपनि त्यो प्रविधिको प्रयोग नगरि सामान्य ढंगले अगाडी बढेको उहाँको आरोप छ ।

यसो भन्छन अधिकार कर्मी

नेपाल मानवअधिकार संगठन सोलुखुम्बुका उपसभापति हिमाल गिरिले घटनाको अनुशन्धानमा प्रहरीको केही कम्जोरी देखिएको बताउँनुभयो । नेपालको प्रहरी अनुशन्धानमा विश्वकै अगाडी भएपनि सोलुखुम्बुको हकमा केही कम्जोर देखिएको बताउँनुभयो ।

घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्यानै देखिने र अन्य टाढाको व्यक्ति नभइ चिनजानकै हुने अनुमान गर्न सकिने उहाँको भनाई छ ।

सोलुदुधकुण्ड नगरपालिका ५ शेर्गाखोपकी ४७ बर्षिया मुगामाया घतानीको भदौ २१ गते राती हत्या गरेको अनुमान छ । श्रीमान समेत बिदेश हुँदा घरमा एक्लै बस्दै आएकी मृतक विश्वकर्माको आत्महत्या नभई हत्यानै भएको प्रत्यक्ष दर्शी देखी प्रहरी प्रशासन समेतको अनुमान भएपनि आज सम्म दोषि पत्ता लाग्न सकेको छैन । यता प्रहरी प्रशासनले भने अनशन्धानको क्रम जारी रहेको जनाएको छ । घटनामा कुनैपनि प्रमाण फेला नगरेपछि दोषि पत्ता लगाउन चुनौती देखिएको प्रहरीको भनाई छ ।

अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुकी सचिव सुर्यकुमारी सुनुवारले विश्वकर्मा समाजको अभियानमा आफुहरुको समेत साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सदरमुकाम नजिकै घरमा बसेको महिलाको हत्या हुनु दुःखद भएको भन्दै उहाँले दबाबमुलक कार्यक्रममा सहभागी हुन आफुहरु तयार रहेको बताउँनुभयो ।

यस्तो थियो घटना

२०७६ भदौ २१ गते दिउँसो मुलघरमा खाजा खाएर घर आएकी मुगामाया विश्वकर्मा बिहानी ९ बजेतीर आफन्तले हेर्दा मृत थिईन् । घरवरपर चहलपहल नदेखेपछि स्थानीय सहित मुगामायाको घर पुग्दा मुल ढोकामा ताला लागेको थियो । मुगामायाको सासु सहितको समुहले भ¥याङ राखेर झ्यालबाट हेर्दा किचन कोठामा मृत अवस्थामा देखे पछि ताला समेत फोरेर हेरे, अनी प्रहरीलाई खबर गरेको उनीहरुकै भनाई छ । तीन तले घरको सबैभन्दा माथिल्लो तलमा मुगामायाको किचन थियो । सोही ठाउँमा उनी मृत थिईन् ।

त्याहा पुग्ने प्रत्यक्षदर्शि अन्तरपार्टी महिला सञ्चाल सोलुखुम्बुकी सचिव सुर्यकुमारी सुनुवारले भन्नुभयो, “ढिडो समेत पकाएर खाएको देखिन्छ, त्याहाँ दुई वटा थालमा ढिडो खाएका छन् भने एउटामा केही बाँकी पनि छ । त्यसो हुँदा यो घटना साँझ ७ बजे देखी ८ः३० भित्र भएको अनुमान गर्न सकिन्छ, तर ती अपराधी चिनजानकै हुनुपर्छ ।”

शरीरको अन्य कुनैपनि चोटपटक नभएको भएपनि दुबै हातको नाडी काटिएको थियो । तर त्यो हात काट्न प्रयोग गरिएको कुनै हतियार छैन भने मुगामायाले प्रयोग गरेको सामसुङ मोवाईल सेट समेत लुटेर लगेको उनका भाई गोपाल विश्वकर्माको भनाई छ ।

समाचार : नेपाल न्यूज साइट डट कमबाट साभार

Share54Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ कार्तिक २०७६, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ कार्तिक २०७६, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ कार्तिक २०७६, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ कार्तिक २०७६, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१९ कार्तिक २०७६, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१९ कार्तिक २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero