Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चिटिक्क परेको विद्यालय पाए पछि जापानी नगरिकलाई बेतालीमा ३१ किलोको माला !

नेपाल अभियान नेपाल अभियान
२० कार्तिक २०७६, बुधबार
in समाज
0
849
SHARES
Share on FacebookShare on Twitter

बेताली- २०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्ता भएका रामेछापको गोकुलगंगा गाउँपालिका ४ बेतालीका दुई ओटा विद्यालय पुर्ननिर्माण गरिदिने जापानी नागरिकलाई त्यहाँका स्थानीयले ३१ किलोको माला लगाएर सम्मान गरेका छन् । भूकम्पले भत्काएको शिव आधारभूत विद्यालय र शिद्धज्योती हरीमिश्रा आधारभूत विद्यालय बनाउनको लागि जापानी नागरिक हिरोसी चिबाले सहयोग गर्नुभएको थियो । हिरोसी चिबाको सहयोगमा बनेको विद्यालय हेर्न आउनुभएका उहाँका छोरा कोइची चिबालाई स्थानीले बुधबार एक कार्यक्रमका बीच विद्यालयमै ३१ किलोको माला लगाएर सम्मान गरेका हुन् । चिबालाई नेपाली पहिचानको रुपमा रहेको ढाका टोपी, पटुकी, खुकुरी र कोट समेत स्थानीयले उपहार दिएका छन् ।

नेपाली पहिरनमा सजिनुभएका जापानी नागरिक कोइची चिबाले कार्यक्रममा बोल्दै आफ्नो पिताको सहयोगमा बनेको बिद्यालयबाट धेरै विद्यार्थीहरुले लगनशिलताका साथ अध्ययन गरेर आफ्नो भविश्य समृद्ध बनाउने कुरामा आफू विश्वास्ता रहेको बताउँदै आगामी दिनमा पनि आफ्नो परिवारल शैक्षिक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नेपालका लागि पूर्व जापानी राजदुत जिन्जी कामीनागाले २०७२ सालको भूकम्पबाट विद्यालय भवनमा क्षेति पुगेर जस्ताको टहरोमा पढ्न बाध्य विद्यार्थीलाई सुविधा सम्पन्न भूकम्प प्रतिरोधात्मक भवनमा ल्याएर पढनाउन पाउँदा आफूहरु निकै खुसी भएको बताउनुभएको छ । विद्यालय बनाउन सहयोग गर्ने जापानी नागरिक हिरोसी चिबा ८६ वर्षका हुनुहुन्छ भने उहाँको छोरा कोइची चिबा ६६ वर्षको हुनुहुन्छ ।

‘सुखी नेपाली र समृद्ध नेपाल बनाउन गुणस्तरिय शिक्षा आवश्यक ’ : अध्यक्ष सुनुवार

कार्यक्रममा बोल्दै गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादु सुनुवारले संघियताले परिकल्पना गरेको विकास नीतिलाई सफल बनाउनको लागि गुणस्तरिय शिक्षामा सबैले ध्यान दिनु पर्ने धारणा राख्नुभयो । कार्यक्रमको प्रमुख अथिति समेत रहनुभएका अध्यक्ष सुनुवारले मुलुकमा भएका ठूला–ठूला लडाईले धेरै परिवर्तन भएको भए पनि शैक्षिक जगतमा खासै परिवर्तन नभएकाले शिक्षामा आमूल परिवर्तन ल्याउनको लागि स्थानीयन जनप्रतिनिधि, राजनीतिक दल, अभिभावक लगायतको सहकार्यता हुनु पर्नेमा जोड दिनुभयो । उहाँले सुखी नेपाली र समृद्ध नेपाल बनाउनको लागि गुणस्तरिय शिक्षा आवश्यक रहेको समेत बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा रामेछापकी प्रमुख जिल्ला अधिकारी, रामेछाप जिल्ला समन्वय अधिकारी राजेन्द्र केसी, समाज कल्याण परिषद्का सदस्य सचिब राजेन्द्र कुमार पौडेल गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देवराज कार्की, वडा नम्बर ६ का वडाध्यक्ष चन्द्र सुनुवार, वडा नम्बर ४ का वडा सदस्य सिताराम कार्की, राजनीतिक दलका नेता लगायतले आ–आफ्नो भनाई राखेको थिए ।

एक वर्षमै बने दुई तले चिटिक्क परेका भवन, खुसी छन् विद्यार्थी

२०७५ भदौ देखि निर्माण कार्य सुरु भएका दुई ओटा भवन २०७६ साउनमैै निर्माण कार्य सम्पन्न भई जस्ताको टहरोमा पढ्दै आएका विद्यार्थी अहिले त्यही सुविधा सम्पन्न भवनमा पढ्न थालेका छन् । चिसोको समयमा समेत जस्ताकै टहरोमा बसेर पढ्न बाध्य विद्यार्थी नयाँ भवनमा पढ्न पाउँदा निकै खुसी देखिन्छन् । नयाँ भवनमा अध्ययनरत विद्यार्थी अरुण खड्काले जस्ताको टहरोमा पढ्दाको दुःख सुनाउँदै भन्नुभयो–‘भूकम्प गएको समय देखि करिब चार वर्ष सम्म जस्ता मुनीनै पढ्यौं, जस्तामुनी बसेर पढ्दा पानी आउँदा, जाडो हुँदा पढाइनै नसकी घर जानु पर्दथ्यो ।, जसको कारण हाम्रो पढाईमा समेत बाधा पग्थ्यो तर अहिले त्यो समस्या सधैँका लागि हटेको छ ।’ बस्ने डेक्स बेन्च देखि लिएर विद्यालयको भैतिक वातावरण राम्रो भएकाले आफूहरुलाई पठनपाठनमा थप सहयोग पुग्ने समेत खड्काले सुनाउनुभयो ।

साँढे पाँच करोडको लागतमा बनेका हुनु दुई विद्यालय

जापानी नागरिकको आर्थिक सहयोगमा एफआइडीआर नामक संस्था मार्फत पाँच करोड ६० लाखको लागतमा बनेका १२/१२ कोठे दुई विद्यालय यस अघिनै निर्माण कार्य सम्पन्न भई समुदायलाई हस्तान्तरण गरिसकिएको एफआइडीआरका व्यवस्थापक गुणविर नेवारले जानकारी दिनुभयो । भूकम्प पछि बेतालीमा भत्किएका विद्यालय निर्माणमा जापानी नागरिकले आर्थिक सहयोग गरेको र आफ्नो गाउँमा आएको विद्यालय निर्माणमा स्थानीयले समेत साथ दिएकाले एफआइडीआरलाई समेत दुई विद्यालय बनाउन सहज भएको संस्थाका व्यवस्थापक नेवारले बताउनुभयो ।

दुई ओटै विद्यालयमा भएका छुट्टा छुट्टै कार्यक्रममा स्थानीय, राजनीतिक दलका नेता लगायतको सहभागिता रहेको थियो ।

Share695Tweet64Share18

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२० कार्तिक २०७६, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२० कार्तिक २०७६, बुधबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

२० कार्तिक २०७६, बुधबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२० कार्तिक २०७६, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२० कार्तिक २०७६, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२० कार्तिक २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero