Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार आचार संहिता भित्र रहेर काम गर्नु पर्नेमा जोड

नेपाल अभियान नेपाल अभियान
२१ कार्तिक २०७६, बिहीबार
in समाज
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछप जिल्लाका सरोकारवालाहरुले सबै पत्रकारहरुले पत्रकार आचार संहिता कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिएका छन् । कतिपय पत्रकारहरुको गैर जिम्मेवार समाचार प्रकाशन तथा प्रशारणका कारण राम्रा काम गर्ने मान्छे र जनप्रतिनिधिहरुको समेत चरित्र हत्या भईरहेको भन्दै त्यसखाले प्रवृति भएका पत्रकारहरुलाई कारबाहीको दायरमा ल्याउनका लागि पत्रकार आचार संहिता कार्यान्वयनमा जोड दिएका हुन । उनिहरुले नेपाल सरकार न्यूनतम पारिश्रमिक निर्धारण समिति र संचार रजिष्टारको कार्यालय प्रदेश नं ३ ले रामेछापको मन्थलीमा विहिवार आयोजना गरेको श्रमजीवि पत्रकार ऐन २०५१ र न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया क्रममासो कुरामा जोड दिएका हुन् ।

पारदर्शिता र मुलुकको समृद्धीका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनिहरुले पत्रकारहरुले आफ्ना कलमहरुलाई निष्पक्ष र पुर्वाग्रही ढंगले चलाउन पनि आग्रह गरेका छन् । उनिहरुले निष्पक्ष र पारदर्शि पत्रकारीतामा मात्रै संघियता र लोकतन्त्र फष्टाउने भन्दै विगतका परिवर्तनमा पत्रकार जगतले खेलेको भूमिकाको पनि स्मरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद शान्ति प्रसाद पौडेलले नेपालको पत्रकारिता क्षेत्रले राजाको शासन अन्त्यका लागि खेलेको भूमिकाको प्रसंसा गर्दे कतिपय पत्रकारहरुले पछिल्लो समयमा नियतवस पुर्वाग्रहका आधारमा जनप्रतिनिधि हरुलाई खुईल्याउन र चरित्रहत्या गर्न मात्र उद्यत देखिएकोले त्यस्तो खालको पित पत्रकारीता गर्ने हरुलाई आचार संहिता मार्फत कारबाहीको दायरामा ल्याउनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफू नगरको विकास र त्यसको विकृतिका अन्त्यका लागि अनवरत रुपमा लागि रहदा पनि केहि संचार माध्यमहरु आफ्नो निजी जीवननै समाप्त गर्ने तरिकाले पछाडि लागेको भन्दै त्यस्ता खालको प्रवृतिका विरुद्ध पत्रकार महासंघ र अन्य सरोकारवाला हरुको ध्यानाकर्षण गराउनु भएको थियो । त्यसैगरी कार्यक्रममा बोल्दै खाँडादेवी गाउँपालिकाका अध्यक्ष पे्रम तामाङ्गले लोकतन्त्रको स्थापना संगै अनगिन्ति रुपमा संचार माध्यमहरुको विकास भईरहेको भएपनि सबै संचार माध्यम र संचारकर्मीरुले निश्पक्षताका साथ काम गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले कतिपय सरकारी संचार माध्यमहरुबाटै समितिले निर्धारण गरेको न्यूनतम पारिश्रमिकको अवधारणा कार्यान्वयनमा आउन नसकेको भए पनि समितिले गरेको कामले अधिकांश ठुला मिडिया हाउस त्यसको कार्यान्वयन गर्न बाध्य भएको जानकारी पनि गराउनु भएको थियो । उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समितिले त्यसको कार्यान्वयनका लागि हाल सम्म खेलेको भूमिकाको बारेमा प्रकाश पार्नु हुदै समितीले तय गरेको न्यूनतम पारिश्रमिक नीति कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

प्रेस रजिष्टारको कार्यालय प्रदेश नं ३ का रजिष्टार रेवति सापकोटाले संघियताको कार्यान्वयन संगै प्रेस रजिष्टारको कार्यालय स्थापना गर्ने भाग्यमानि प्रदेश प्रदेश ३ नं भएकोले यसका पछाडि निकै चुनौति र अवसर दुवै रहेको पनि बताउनु भयो । उहाँले आफ्नो छोटो कार्यकालमानै पत्रकारीताको संस्थागत र ब्यक्तिगत विकासका लागि पत्रकारहरुको योगदानमा आधारीत कामको शुरुवात भएको भन्दै कार्यालयले पहिलो चरणमा अग्रज पत्रकारहरुको सम्मान गर्दे महिला पत्रकारहरुको क्षमता विकासका काममा ध्यान दिन लागेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पे्रम वहादुर खड्का, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरि, महासंघ ३ नं प्रदेशका उपाध्यक्ष यदु गौतम मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्की, मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ, राप्रपा नेपालका जिल्ला अध्यक्ष रामचन्द्र कडेल लगायतका वक्ताहरुले सबै पत्रकारहरुलाई आचार संहिता भित्र रहेर काम गर्न र विकास तथा अब्वल पत्रकारिताको पहिचान दिनका लागि आम संचार माध्यमहरुसँग आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछाप र ३ प्रदेश समितिको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता जिल्ला शाखाका अध्यक्ष रमेश ढुंगेलले गर्नु भएको थियो ।

Share23Tweet14Share4

Related Posts

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२१ कार्तिक २०७६, बिहीबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२१ कार्तिक २०७६, बिहीबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२१ कार्तिक २०७६, बिहीबार
आत्महत्याको प्रयास गर्नेहरु थपिदै
समाचार

आत्महत्याको प्रयास गर्नेहरु थपिदै

२१ कार्तिक २०७६, बिहीबार
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान
कारोबार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान

२१ कार्तिक २०७६, बिहीबार
मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक
राजनीति

मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक

२१ कार्तिक २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.