Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘शान्ति सम्झौता भएको दिनलाई सबैले बिर्से’ अध्यक्ष खड्का

अभियान सम्बादाता अभियान सम्बादाता
५ मंसिर २०७६, बिहीबार
in समाज
0
767
SHARES
Share on FacebookShare on Twitter

कुमार श्रेष्ठ,

रामेछाप- आज शान्ति सम्झौता भएको १३ बर्ष पूरा भएको छ । दश वर्षे लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाका लागि तत्कालीन माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौता भएको थियो । २०६३ साल मंसिर ५ गते सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि तत्कालीन नेकपा माओवादी औपचारिक रुपमा शान्तिपूर्ण राजनीतिको मूलधारमा आएको थियो ।

शान्ति सम्झौताका मुख्य हस्तक्षरकर्ता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । शान्ति सम्झौतामा उल्लेख भएअनुसार नेपालमा राजसंस्थाको अन्त्य भएको छ । त्यसैगरी अहिलेको मुख्य उपलब्धी गणतन्त्रको स्थापना, ऐतिहासिक संविधान सभाबाट संविधानको निर्माण र संघीयताको कार्यान्वयन भइसकेको छ । तर, शान्ति सम्झौता पूरा भएको १३ बर्ष बितिसक्दा समेत शान्ति सम्झौताको मर्म अनुसारको सक्रमणकालीन न्याय र पिडितलाई दिनु पर्ने क्षतिपूर्तिको काम भने अझै सकिएको छैन् ।

द्वन्दवका बेला बेपत्ता पारिएका व्यक्तिहरुको खोजबिन र सत्य निरूपण तथा मेलमिलापका लागि आयोग गठन भएपनि त्यसले प्रभावकारी रुपमा काम गर्न नसकेको पिडितले गुनासो गर्दै आएका छन् । त्यसैगरी शान्ति सम्झौताका मुख्य हस्तक्षरकर्ता रहनुभएका स्व. गिरिजा प्रसाद काईरालालाई राष्ट्रले समेत विर्षेको कोइरालका शुभचिन्तकको गुनासो रहेको छ ।

यसरी सम्झ्यो जीपी फाउण्डेशन रामेछापले स्व कोइरालालाई

२०६३ सालमा शान्ति सम्झौत गरेर देशलाई शान्तिको बाटोमा डोहोर्याउने स्वा. कोइरालाको सम्झनामा गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले विहिबार कोइरालको जिवन बृत एक परिचर्चा र कलम विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्ने बक्तहरुले शिखर पुरुषको रुपमा रहनुभएका कोइलाले मुलुकलाई पुर्याएको योगदानको चर्चा गर्दै स्व. कोइरालाकै कारण देशमा परिवर्तन आए पनि उहाँलाई सरकार र विभिन्न राजनीतिक दलले बिर्सदैँ गएको आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै पाउण्डेशनका अध्यक्ष दीपक खड्काले शान्ति सम्झौता भएको ऐतिहासिक दिनलाई अहिलेका राष्ट्र प्रमुखले नै नसम्झिनु दुखद भएको बताउनुभयाे ।

फाउण्डेशनका जिल्ला अध्यक्ष दीपक खड्काको अध्यक्षता तथा वरिष्ठ पत्रकार टिका भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेस रामेछापका सचिब लेख बहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ, काग्रेस महादिवेशन प्रतिनिधि कृष्ण बहादुर महत, पत्रकार हिमाल ढुङ्गेल, नवराज पथिक, सुमित श्रेष्ठ, मन्थली क्याम्पस स्ववियु सचिब बिमल पौडेल लगायतले बोलेका थिए ।

Share670Tweet41Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

५ मंसिर २०७६, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ मंसिर २०७६, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ मंसिर २०७६, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ मंसिर २०७६, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

५ मंसिर २०७६, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

५ मंसिर २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero