Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

हेलिक्पटर आउँदा पनि डोकोमा बिरामी बोक्दाको पीडाले देखाएको सपनाः हेलिप्याड निर्माण

नेपाल अभियान नेपाल अभियान
३ पुष २०७६, बिहीबार
in समाज
0
273
SHARES
Share on FacebookShare on Twitter

मन्थली- चार वर्ष अगाडी लिखुतामाकोशी गाउँपालिकाका हर्क बहादुर चौहन एक्कासी विरामी पर्नुभयो । उहाँलाई उपचारको लागि तत्काल राजधानी लैजानु पर्ने भयो । सडक सुविधा नभएको कारण उहाँलाई सवारीसाधनको विकल्पमा हेलिकप्टर मार्फत नै काठमाण्डौ लैजानु पर्ने भए पछि स्थानीय गुञ्जेश्वरी जनहित युवा समूहका संस्थापक कोषाध्यक्ष समेत रहनुभएका उहाँका ज्वाइ नबराज खत्रीले विरामी उद्धारको लागि हेलिकप्टर चार्टर गरेर ल्याउनुभयो ।

हेलिकप्टर पनि आयो । तर स्थानीयले भनेको ठाउँमा पाइलटले हेलिकप्टर अवरतण गर्न नसके पछि विरामी भएको ठाउँदेखि ३ किलो मिटर टाढा घर बनाउन जग खनेको ठाउँमा हेलिकप्टर अवतरण भयो । विरामी भएको ठाउँबाट निकै टाढा हेलिकप्टर अवतरण भएको हुँदा विरामीलाई डोकोमै बोकेर त्यहा पुर्‍याउन घण्टौ लाग्यो ।

विरामी पुर्‍याउन घण्टौ मात्रै लागेन गाउँको बीचमा हेलिकप्टर अवतरण गराउँदा स्थानीयको घरको छानो नै उडायो । धन्न अर्को दुर्घटना चाहि भएन । घटनाक्रम सुन्दा कथा जस्तो लागे पनि त्यहि घटनाको प्रत्यक्षदर्शीले भने पछि यो घटना कुनै काल्पनिक कथा नभई यथार्थ नै हो । यो घटनाले हामीलाई अझै पनि झस्याङ–झस्याङ बनाउने गरेको बताउनुहुन्छ गुञ्जेश्वरी जनहित युवा समूह (क्लब) मन्थली ३ का संस्थापक एवं पूर्व अध्यक्ष दिप बहादुर बुढाथोकी ।

त्यतिबेलाको जस्तो घटना फेरि पनि घटना सक्ने भएकाले अहिले गुञ्जेश्वरी जनहित युवा समूहले त्यतिबेलाको जस्तो दुःख झेल्नु नपरोस भनेर सबैलाई पाएक पर्ने ठाउँमा हेलिप्याड बनाउने इच्छा जागे पछि मन्थली–३ पात्लेमा हेलिप्याड निर्माण कार्य सुरु गरिएको उहाँको भनाई रहेको छ । लेलिप्याड निर्माण भइसके पछि लिखुतामाकोशी गाउँपालिकाको भालुखोपका नागरिक र मन्थली नगरपालिका वडा नम्बर २ र ३ गरी करिब एक हजार भन्दा बढी घरपरिवारले सुविधा लिन पाउने बताउनुहुन्छ पूर्वअध्यक्ष बुढाथोकी ।

चाँडै हेलिप्याड निर्माण गर्न चाहान्छौ तर रकम जुटाउन समस्या भयो

निर्माण चरणको अन्तिम अवस्थामा पुगेको हेलिप्याड बनाउन धेरै काम त बाँकी छैन् । तर अगाडी पनि समूहका सदस्याहरुबाट पैसा उठाएर बनाउन सुरु गरिएकाले अब सदस्यहरुसँग पनि पैसा नहुँदा व्यक्ति, संघसंस्था वा स्थानीय सरकारले आर्थिक सहयोग गरे काम चाँडै सकिने अपेक्षा संस्थाका अध्यक्ष राजु बुढाथोकीको रहेको छ । आउँदो फागुन भित्र सबै काम सम्मपन्न गर्ने लक्ष्य रहेको भए पनि आर्थिक अभावका कारण केही समस्या आउने भएकाले केही सहयोग गर्न इच्छुक व्यक्तिहरुलाई सहयोग गर्न समेत उहाँ आग्रह गर्नुहुन्छ । विभिन्न समस्या आए पनि हेलिप्याड निर्माओको काम चाँडै सम्पन्न गरी सरकारलाई बुझाउने तयारीमा रहेको पनि अध्यक्ष बुढाथोकीको भनाइ रहेको छ ।

हाम्रो पालामा सभ्य समाज बनाउने प्राण छ हाम्रो

सबै नागरिकसँग जोडिने स्थानीय सरकार आएको पनि साँढे दुई वर्ष भइसक्यो तर वडालाई एउटा गति दिन सकेको छैन् । जसको कारण स्थानीय सरकारसँग पनि नागरिक खुसी हुने अवस्था नभएको संस्थाका पदाधिकारीको विश्लेषण रहेको छ । अझै पनि गाउँमा जुवातास खेल्ने, जाँड रक्सी खाने जस्ता काम केही नियन्त्रणमा आए पनि पूर्ण रुपमा आउन सकेको छैन् । गुणस्तरिय शिक्षाको लागि शिक्षक, विद्यार्थी र अभिभावकसँग समन्वय गरेर काम गरीरहेको कुरा स्मरण गर्दै संस्थाका कोषाध्यक्ष नबराज खत्री बुढाथोकी भन्नुहुन्छ– ‘अझै पनि गाउँ–गाउँमा मदिरा सेवान गर्ने मानिस उत्तिकै छन् । त्यो नियन्त्रणको लागि कोही जिम्मेवार छैन् । जसको कारण महिला हिंसा देखि विभिन्न विभेदका घटनाहरु घटीरहेका छन् । त्यसैले सभ्य समाज निर्माणको लागि हामी स्थानीय सकारसँग समन्वय गरेर काम गर्न चाहान्छौ । स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकार वा कुनै संघसंस्थाले केही परिणाम देखिने गरी काम गर्न चाहेहमा हामी पनि हातेमालो गर्न चाहान्छौं । हातेमालो मात्रै हैन हामी काम नै गरेर देखाउँछौं । तर हामी एक्लैले त्यो काम गर्न सम्भव छैन् । सबै मिलेर गर्नु पर्छ ।’

संस्थागत रुपमा पनि विकास गर्न बाँकी छ

२०६३ सालमा स्थापना भएको सामाजिक संस्था भए पनि विभिन्न कारणले संस्था आर्थिक रुपमा उत्तिकै कमजोर रहेको अध्यक्ष राजु बुढाथोकीको भनाई रहेको छ । संस्थालई जग्गा दिएर सहयोग गर्न मन हुनेहरुलाई पनि घर बनाउनको लागि संस्थाको आर्थिक अवस्था कम भएकाले जग्गा पास गर्न सकेका छैनौँ ।

Share188Tweet35Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ पुष २०७६, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ पुष २०७६, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ पुष २०७६, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ पुष २०७६, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३ पुष २०७६, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३ पुष २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero