रामेछाप- नेपाल मगर संघ रामेछापले ७ औं जिल्ला अधिवेशनबाट चयन भएको नयाँ नेतृत्व विधान अनुसार नै चयन गरिएको बताएको छ । केहि सञ्चार माध्ययममा आएको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षन भएको जनाउँदै संघका नवनिर्वाचित अध्यक्ष शिवसागर मगरले सोमबार मन्थलीमा पत्रकार सम्मेलन गरेर विधान अनुसार चयन भएको आफ्नो नेतृत्वको नयाँ कार्यसमितिको बारेमा कसैलाई भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष मगरले नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गंगा खासु मगर र केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरको समेत सहभागितामा अधिवेशन सम्पन्न भएकोले नयाँ नेतृत्वलाई अवैधानिक भनेर आएको समाचारको भत्र्सना समेत गर्नुभएको छ । गत मंसिर २८ गते अध्यक्ष मगरको नेतृत्वमा सर्वसम्वत चयन भएको नयाँ कार्यसमिति अबैधानिक भएको भनि केहि सञ्चारमाध्ययममा समाचार प्रकाशन तथा प्रसारण भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया