Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रुन्चे मगरका लागि भगवान बनेर आयो उज्यालो समाज नेपाल

बद्री नयाँघरे बद्री नयाँघरे
२७ पुष २०७६, आईतवार
in समाज
0
167
SHARES
Share on FacebookShare on Twitter

च्यास्कु- रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनी च्यास्कुका ७० वर्षका रुन्चे मगरको जिन्दगी ३८ वर्ष देखि पीडै पीडामा बित्यो । २०३२ सालमा सिन्धुली विवाह गरेका मगरले विवाह गरेको ६ वर्षमै जीवन संगनी गुमाउनु पर्दाको पीडालाई अहिले सम्म पनि भुल्न सकेका छैनन् । विवाह पश्चात जन्मिएको एउटा सन्तनले पनि श्रीमती सँगै छोडेर गए पछि ३८ वर्ष देखि बेसाहाराको एक्लो जीवन विताइरहेका मगरका यस अघिका दिनहरु खुल्ला आकशमै बिते । भूकम्प जानु भन्दा पहिला देखि नै छानो नभएको घरमा बस्दै आएका मगरलाई २०७२ सालको भूकम्पले घर भत्काए पछि अर्को पीडा थपियो । त्यसपछिका दिनहरु मगरले त्यही भत्केको घरमा तीनओटा काठ तेस्र्याएर बनाएको पलङमा सुत्दै काहलीलाग्दो जीन्दगी बिताउन बाध्य भए ।

यसरी बितेको थियो मगरको विगत

पीडै पीडाको जीन्दगी बिताइरहेका मगरलाई त्यहाँको समाज, सरकार र नजिक भनिएका परिवारका सदस्यले समेत सहयोग नगरे पछि उनको जीवन त्यही भत्केको घर, गाडी गुडाउन बनाईएको सडक र एकान्तामा नै बितिरहेको थियो । दोहोरो कुराकानी गर्न सक्ने, मिठा खानेकुरा खाना पाए खुसी हुने मगरलाई त्यहाँको समाजले मानसिक सुन्तलन गुमाएको व्यक्ति हो सम्म भन्न भाए । तर कसैले सहयोग गर्नु पर्छ भन्ने भावना देखाएनन् । मगरको कहालीलाग्दो दैनिकी देखेर उमेरले नाती जस्ता देखिने स्थानीय यादब नेपालीलाई उनको लागि केही गर्ने इच्छा जाग्यो । त्यसै क्रममा नेपालीले उज्यालो समाज नेपाल नामक संस्थाका अध्यक्ष समेत रहेका स्थानीय युवा अमृत घिसिङलाई सबै घटना क्रम सुनाए । सबै कुराबाट बेसाहारा भएका मगरको बाँकी जीवनको लागि भगवाननै बनेर आयो उज्यालो समाज नेपाल ।

उज्यालो समाज नेपाल उनका लागि सधैँ खुसीको क्षण बन्यो

नयाँ घर पाए पछि सामुहिक तस्बिर खिचाउँदै मगर

उज्यालो समाज नेपालका अध्यक्ष एवं स्थानीय युवा अमृत घिसिङले रुन्चे मगरको दैनिकीको बारेमा जानकारी पाए पछि उनि पनि समाजका हामी जस्तै नागरिक हुन् भन्ने सोचले मगरको कहाली लाग्दो जीवनलाई परिवर्तन गर्न तर्फ लागे । गएको दशैंमा सबैको घरमा खुसीका साथ दशैं भित्रिरहेको थियो । तर बेसाहारा भएका रुन्चे मगरको घरमा नत दशैं आएको थियो, नत मनमा कुनै खुसी नै थियो । पीडैपीडाले भरिएको मगरको मुहारमा थोरै भए पनि हाँसो दिलाउने अभियानमा जुटेको उज्यालो समाज नेपालले उनलाई दशैंकै मुखमा खान पकाउने भाडा, थाल–गिलास, गाग्री, लगाउने कपडा, ओड्ने ओछ्याउने कपडा, खाद्यन्न लगायतका समाग्री स्थानीय युवा यादव नेपाली मार्फत उपलब्ध गरायो ।

उज्यालो समाज नेपालले बनाईदिएको नयाँ घर

त्यसपछि मगरको मुहारमा छाएको थोरै खुसीले मात्रै पुग्दैन थियो उनलाई । बाहिरी मुहारमा खुसीको क्षण देखिए पनि खुल्ला आकश देखिने घर र हिउँदाको समयमा बढ्ने जाडोबाट कसरी बाँच्ने भन्ने पिरले मगरलाई पोलीरहेको थियो । क्षणिकको सहयोगले मात्रै मगरको मुहारमा आएको खुसीयालीले उनले भोग्दै आएका दुःख कष्ट सधैंका लागि नहट्ने हुँदा स्थानी बासिन्दाले उज्यालो समाज नेपालाई घर बनाईदिन पुनः आग्रह गरे । उज्यालो समाज नेपालले पनि मगरको पीडा टुलुटुलु हेरेर बस्न सकेन । अनि सुरु भयो मगरलाई सुरक्षित घरमा राख्ने अभियान ।

चिटिक्क परेको घर पाए पछि मगरले खुसीको क्षणमात्रै सुनाएनन् छमछमी नाचे पनि

उज्यालो समाज नेपालको आर्थिक सहयोगमा निर्माण भएको सौचालय सहितको घर पाए पछि खुसी हुँदै रुन्चे मगरले भने –‘मेरो केही पनि थिएन । अहिले राम्रो घर बन्यो । अब यहि घरमा बाँकी जीवन बिताउँछु ।’ त्यति मात्र हैन नजिकै बजेको गीतमा रमाउँदै उठेर सबैको अगाडी छमछमी नाचे ।

घर हस्तान्तरणसँगै मगरलाई सहयोग थपिदैँ

उज्यालो समाज नेपालको सहयोगमा बनेको घर शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारीले उनलाई हस्तान्तरण गरेका छन् । चार लाख ८० हजारको लागतमा बनेको घरले उनलाई अबको बाँकी जीवनमा थप खुसी दिने संस्थाका सल्लाहकार ज्ञान बहादुर लोले बताए ।

उनको जीवन यापनमा आइ पर्ने विभिन्न समस्यामा संस्थाले थप सहयोग गर्ने पनि उनले बताए । त्यस्तै मगरलाई मन्थलीको ओम टेलर्सका संचालक ज्ञान बहादुर सुन्दासले चार हजार आठ सय बराबरकोे कपडा र भिआइपी ब्याग पसलका संचालक राजान सुन्दासले एक हजार पाँच सय बराबरको ब्याग उलब्ध गराई सहयोग गरेका छन् ।

Share67Tweet42Share12

Related Posts

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

२७ पुष २०७६, आईतवार
माछो माछो भ्यागुतो यस्पालीको तिज……..
मनोञ्जन

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

२७ पुष २०७६, आईतवार
तामाङ दाजुभाइले गरे २ रोपनी जग्गा निःशुल्क दान
समाचार

तामाङ दाजुभाइले गरे २ रोपनी जग्गा निःशुल्क दान

२७ पुष २०७६, आईतवार
‘ अनेरास्ववियुुले  विद्यालय, विश्वविद्यालय बन्द पनि बन्द गर्दैन र , टायर पनि बाल्दैन ः उपाध्यक्ष गिरी 
देश

‘ अनेरास्ववियुुले  विद्यालय, विश्वविद्यालय बन्द पनि बन्द गर्दैन र , टायर पनि बाल्दैन ः उपाध्यक्ष गिरी 

२७ पुष २०७६, आईतवार
विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदै
खेलकुद

विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदै

२७ पुष २०७६, आईतवार
सिन्धुली हाइवे पेट्रोलियम डिलर्स यसोसिएसनको सिन्धुलीमा पुनः थापा
समाचार

सिन्धुली हाइवे पेट्रोलियम डिलर्स यसोसिएसनको सिन्धुलीमा पुनः थापा

२७ पुष २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.