Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बालकन्याको मन्दिरको साधरण सभा सम्पन्न, सँगै पाँचायन मन्दिर पनि निर्माण गरिने

बद्री नयाँघरे बद्री नयाँघरे
१ चैत्र २०७६, शनिबार
in समाज
0
129
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कमा रहेको ऐतिहासिक बालकन्या मन्दिरको साधारण सभा सकिएको छ ।  शनिबार स्थानीय पाठशाला डाँडामा भएको साधारणसभामा बोल्दै पूर्व जलश्रोत मन्त्री लक्ष्मण प्रसाद घिमिरेले हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र र धार्मिक महत्वको हिसाबले महत्वपूर्ण रहेको बालकन्या देवी मन्दिरको संरक्षण र सम्वद्र्धनका लागि सबै पक्षले सहयोग गर्नु पर्ने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले धार्मिक तथा  ऐतिहासकि महत्व बोकेको बालकन्या मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेकोले मन्दिर संरक्षण र सम्वद्र्धनका लागि नगरपालिकाले पनि ध्यान दिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नगरको विकास धार्मिक पर्यटनसंग समेत जोडिएको छ । नगर भित्र रहेका ऐतिहासिक रुपमा नाम दर्ज गराएका अन्य मन्दिरहरुको ब्वयवस्थापनमा नगरपालिका निरन्तर रुपमा लागि रहेको छ । यो मन्दिरको लागि पनि नगरपालिका लाग्ने छ ।’

संस्थाका अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारण सभामा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्का, नेपाली काँगेस रामेछापका सभापति लव श्री न्यौपाने, नेपाल महिला संघकी जिल्ला अध्यक्ष गंगा अधिकारी, वडा नं ८ का अध्यक्ष केदार कार्की लगाएतका बक्ताहरुले बालकन्या मन्दिरको ऐतिहासिक र धार्मिक महत्वको बारेमा आ–आफनो धारणा राख्दै मन्दिार विकासको लागि आफूहरुले जहिले पनि सहयोगी भूमिका निर्वाह गर्ने बताएका छन् ।

साधारण सभामा संस्थाका सचिव नारायण प्रसाद घिमिरेले सांगठनिक प्रतिबेदन र ३ लाख २६ हजार ७ सय ८५ रुपैयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तु प्रतिबेदनहरु सर्वसम्मत रुपले पारित भएकोे छ । साधारणसभाले रिक्त रहेको समितिको सचिव, कोषाध्यक्ष र एक जना सदस्य पदमा नयाँ नाम अनुमोदन गरेको छ ।

मन्दिको संस्थागत विकास र संरक्षणका लागि स्थानीय अगुवाहरु क्रमश राजन प्रसाद घिमिरेले करिब १२ रोपनी, नारायण हरी घिमिरेले करिव साँढे तीन रोपनी, पुष्कर प्रसाद घिमिरेले करिव साँढे आठ रोपनि, राम्जी बावु कार्कीले १० आना जमिन संस्थाको नाममा दान गरेको जानकारी गराईएको थियो ।

सो समितिमा १ सय ३४ जना आजिवन सदस्य रहेका र सदस्यता लिनेहरुको संख्या बढ्ने क्रम रहेको छ । सो मन्दिरको दर्शन गर्दा मागेका कुरा पुरा हुने विश्वासका साथ विषेस गरि बडा दशैको फुलपाती देखि दशमी र चैतै दशैँ र अन्य महत्पूर्ण चाडहरुमा पनि  टाढा टाढा  बाट देवीको पुजा गर्न भक्तजनहरु आउने गरेका छन् ।  

त्यस्तै साधारण सभाको अबसर पारेर बावियाखर्क समाजले सोहि स्थानमा शिव पाँचायन मन्दिरको पनि शिलान्यास गरेको छ । मन्दिरको शिलान्यास पनि पुर्व मन्त्री लक्ष्मण प्रसाद घिमिरेले गर्नुभएको हो । समाजका सदस्य, आम भक्तजनहरु, अगुवा र सबै तहका सरकारसंग समेत समन्वय गरेर निर्मार्ण गर्ने लक्ष्य लिएको उक्त मन्दिर निर्माणको लागि ४० लाख रुपैयाँ लाग्ने अनुमान मन्दिर संरक्षण समितिले गरेको छ ।

वडा, नगर र जिल्लाको धार्मिक पर्यटनसंग समेत जोड्ने उद्ेश्यका साथ निर्माण गर्न लागिएको उक्त मन्दिरको निर्माण कार्य आगामी एक वर्ष भित्र सक्ने योजना सहित काम आरम्भ गर्न लागिएको जानकारी गराईएको छ । 

करिव १ दर्जन भन्दा बढि मन्दिर रहेको सो ठाउँमा नियमित पुजाको व्यवस्था समेत हुँदै आएको भक्तजनहरुले शिव पान्चायन मन्दिर एकै ठाउँमा स्थापना गर्दा नियमित पुजा र विशेष चाडहरुमा पनि सहज होस भन्नका लागि र गाउँलाई धार्मिक गाउँको रुपमा विकास गरि सामाजिक सद्भाबलाई अघि बढाउने लक्ष्य सहित मन्दिर निर्माण गर्न लागिएको मन्दिर व्यवस्थापन समितका सदस्य कृष्ण मुरारी घिमिरेले बताउनुभयो ।

Share52Tweet32Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१ चैत्र २०७६, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१ चैत्र २०७६, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ चैत्र २०७६, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ चैत्र २०७६, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१ चैत्र २०७६, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१ चैत्र २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero