Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जीपी कोइराला फाउण्डेशन रामेछापको दुई क्षेत्रिय कार्यसमितिले पायो पूर्णता

नेपाल अभियान नेपाल अभियान
६ चैत्र २०७६, बिहीबार
in समाज
0
162
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछाप दुई प्रदेशसभाका समितिले पूर्णता पाएको छ । विहिबार बसेको फाउण्डेशनको जिल्ला कार्यसमितिको बैठकले यस अघि मनोनित गरिएका दुबै क्षेत्रका अध्यक्षले सिफरिस गरेका पदाधिकारी र सदस्यलाई अनुमोदन गरे पछि समितिले पूर्णता पाएको हो ।

रामेछाप प्रदेश सभा ‘क’ मा सुन्दर कुमार कार्कीको अध्यक्षतामा ११ सदसिय समिति गठन भएको छ । पदाधिकारीको उपाध्यक्षमा क्रमशः भरत बहादुर खड्का र रामहरी कार्की रहेका छन् । त्यस्तै सचिबमा दिनेश कुमार कार्की, सह–सचिवमा वीर बहादुर कार्की र कोषाध्यक्षमा सुशिला बुढाथोकी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः हरिशचन्द्र श्रेष्ठ, कमल प्रकाश सुनुवार, नुर बहादुर खत्री (विनोद), मेनुका महत र रिता थापा बुढाथोकी रहेका छन् ।

त्यसैगरी प्रदेशसभा ‘ख’ मा भक्तीलाल तामाङको अध्यक्षतामा ११ सदसिय कार्यसमिति गठन भएको छ । भक्तीलाल तामाङको अध्यक्षतामा गठन भएको समितिको पदाधिकारीमा उपाध्यक्ष विन्देश्वर मोक्तान, सचिब घम्बा तामाङ (मिलन), सह–सचिव दिल बहादुर तामाङ र कोषाध्यक्ष ओम प्रकाश पुरी रहेका छन् । समितिको सदस्यहरुमा क्रमशः कविता थापा, टसी लामा, अर्जुन भुजेल, नारायाण भण्डारी, बारुली थामी र साबित्रा कोइराला (सार्की) चयन भएका छन् ।

रामेछाप प्रदेशसभा ‘क’ का अध्यक्ष सुन्दर कुमार कार्की र प्रदेशसभा ‘ख’ का अध्यक्ष भक्तीलाल तामाङले जिल्ल अध्यक्षले आफूहरुलाई दिइएको अधिकारलाई प्रयोग गर्दै जिल्ला समितिको समेत समन्वयमा समिति बनाएको बताएका छन् । कार्यसमिति विस्तारसँगै समितिले चाँडै सामाजिक परिवर्तनका लागि विभिन्न कामहरु गरिने अध्यक्ष द्वोयले प्रतिबद्धता व्यक्त गरेका छन् ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका जिल्ला अध्यक्ष दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले अहिले विश्वभरीनै महामारीको रुपमा फैलिइरहेको कोरोना विरुद्ध फाउण्डेशनले चेतनामूलक पर्चा बनाएर बितरण गर्ने लगायतका विभिन्न निर्णय गरेको छ । फाउण्डेशनले समाजमा विभिन्न जनचेतना जगाउने कार्यहरु गर्दै आएकाले यस वर्षको बाल दिवसमा बालश्रम शोषण विरुद्ध विभिन्न पर्चा वितरण गर्नुका साथै चेतनामूलक कार्यक्रम गरिने निर्णय समेत गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

Share65Tweet41Share11

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

६ चैत्र २०७६, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

६ चैत्र २०७६, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

६ चैत्र २०७६, बिहीबार
खानेपानी प्रमुखको नियम विपरित काम सिनियर कर्मचारी ठंण्डाराम
आधारभूत

खानेपानी प्रमुखको नियम विपरित काम सिनियर कर्मचारी ठंण्डाराम

६ चैत्र २०७६, बिहीबार
रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति
कारोबार

रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति

६ चैत्र २०७६, बिहीबार
मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण
समाचार

मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण

६ चैत्र २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.