रामेछाप- कोरोना भाईरस नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई समाजसेवी केसर बहादुर पौडेलले खाद्यन्न उपलब्ध गराउनुभएको छ । लिखुतामाकोशी गाउँपालिका घर घई हाल काठमाण्डौमा रहेर मजदुरी गरी आफ्नो परिवार धन्नेहरुलाई आफ्नै जीवन चलाउन मुस्किल भएपछि पौडेलले आफ्नो व्यक्तिगत सहयोगमा करिब ९० घरपरिवारलाई खाद्यन्न उपलब्ध गराउनुभएको हो ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर २ घर हुनुभएका पौडेलले करिव १ लाख ३५ हजार बराबरको खाद्यन्न उपलब्ध गराउनुभएको नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष शिवसागर मगरले बताउनुभयो । समाजसेवी पौडे, समितिका अध्यक्ष शिवसागर मगर र भृङ्गेश्वर सेवा समाजका वरिष्ठ उपाध्यक्ष विजय राना मगर सहितको टोलीले मजदुरहरुको कोठामै पुगेर खाद्यन्न उपलब्ध गराईएको हो ।
यो बारेमा तपाईको प्रतिकृया