रामेछाप- कोरोना भाइरस फैलिन नदिनको लागि गत चैत्र महिनाको ११ गते देखि लागु गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न एवं दलित घरपरिवारलाई नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले खाद्यन्न सहयोग गरेको छ । काँग्रेसले शुक्रबार लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ नागदहका १६ घरपरिवारलाई खाद्यन्न उपलब्ध गराएको नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सचिब दामोदर खड्काले बताउनुभयो ।
सरकारले विकल्प बिना लगाएको लकडाउनको मारमा ग्रामिण भेगका विपन्न तथा दलित परिवार बढी परेको र तीन तहका सकारले लकडाउन लगाएको दुई महिना पुग्दा समेत विपन्न परिवारका लागि कुनै राहतको प्याकेज नल्याउँद उनिहरुलाई समस्या परेको कारण आफूहरुले व्यक्तिगत रुपमा सहयोग जुटाएर खाद्यन्न उपलब्ध गराईएको सचिब खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नागरिकलाई घरभित्र बस भन्ने तर उनिहरुको समस्या के छ भनेर सम्म सरकारले बुझ्ने काम नगर्दा यस्तो संकटको घडीमा सरकार नागरिकको समस्या प्रति उदासिन देखिएको छ । यस्तो अवस्थामा जसको घरमा चुलो बल्न समेत समस्या परेको छ, त्यसमा हामी सबैले सहयोग गर्नुपर्छ भन्ने सोच बनाएर हामीले सहयोग गरेका हौँ ।’
नेपाली काँग्रेसका पूर्व महधिवेशन प्रतिनिधि रामकुमार खड्का, नेपाली काँग्रेस रामेछापका जिल्ला कार्यसमिति सदस्य भोजराज खड्का ‘सुन्दर’, रामेछाप प्रदेशसभा ‘क’ का सचिब निरोज खड्का, सदस्य साजन तामाङ, लिखुतामाकोशी गाउँपालिकाका उपसभापति हरिबहादुर खड्का, वडा नम्बर ५ का इकाई सभापति रोम बहादुर तामाङ लगाएतको उपस्थितिमा उक्त खाद्यन्न सामाग्री वितरण गरिएको पनि सचिब दामोदर खड्काले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया