Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पीसीआर प्रविधिको दायर बढाउन नसके गाउँको अवस्था जटिल बन्ने संम्वाद समूहको निष्कर्ष

बद्री नयाँघरे बद्री नयाँघरे
३ जेष्ठ २०७७, शनिबार
in समाज
0
125
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– जिल्ला संम्बाद समूह रामेछापको शुक्रबारको बैठकले पछिल्लो समयमा गाउँको अवस्था जटिल बन्दै गएको निष्कर्ष निकालेको छ । समूहको लामो समयपछि बसेको भरचुवेल बैठकका सदस्यहरुले कोरोना संक्रमणको पीसिआर परिक्षणको दायर बढाउन नसके गाउँको अवस्था झन जटिल हुँदै जान सक्ने निष्कर्ष निकालेको छ ।

सरकारले लकडाउन लगाएसंगै गाउमा बढेको जनघनत्वले बिस्तारै खाद्यन्नको संकट देखा पर्ने संभावना एकातिर देखिएको छ भने अर्कातिर लुकिछिपी बाहिरबाट आउने मानिसहरु र तिनिहरुको पीसीआर परिक्षणको दायरा फराकिलो नपारे सम्म गाउँमा जतिसुकै बेला पनि अप्ठेरो अवस्था आउन सक्ने दोरम्बाबाट प्रतिनिधित्व गरेका समूहका सदस्य एवं नेकपाका नेता तुल प्रसाद कडेलले बताए । उनले भने– ‘यसको लागि स्थानीय प्रशासन र स्थानीय सरकारबिच समन्वय हुनु जरुरी छ । मान्छेको आगमनको गति र खाद्यन्न ढुवानी आदी बाट संक्रमण सर्न सक्ने भएकाले सबै स्थानीय सरकारहरुको मिलेमतोमा पीसिआर परिक्षण किट खरिद गर्ने सम्मको पहल गर्नु पर्ने हुन्छ ।’

खाँडादेवी गाउँपालिकाबाट प्रतिनिधित्व गरेका समितिका अर्का सदस्य अधिवक्ता शिव कुमार कार्कीले सरकारको काम गराईको तरिका अव्यवहारिक र भरपर्दाै नभएकोले यसलाई प्रभावकारी बनाउन नसके अवस्था थप जटिल हुन सक्ने बताए । उनले भने– ‘अहिले सरकारी तवरबाट भए गरेका कामहरुले दीर्घकालीन निकास दिन नसक्ने भन्दै सबैभन्दा पहिले पिसिआर परिक्षणको दायरालाई संघीय सरकार र स्थानीय सरकारले आपसि समन्वयमा भरपर्दाे तरिकाले अगाडी बढाउन सक्ने बातावरण तयार गर्नुपर्छ ।’

उमाकुण्ड गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने अर्का सदस्य एवं नेपाली काँग्रेसका नेता झपडराज भण्डारीले पनि अवस्था यहि अवस्थामा अगाडि बढे भोलीको दिनमा जटिल हुन सक्ने भएकाले स्थानिय सरकारलाई थप जिम्मेवार बनाउनका लागि संवाद समुह मार्फत  आवश्यक कदम चाल्न पनि आग्रह गरे ।

अर्का सदस्य एवं रामेछाप उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्काले पनि सबै पक्षले जिम्मेवारीका साथ काम गर्नु पर्ने र त्यसका लागि स्थानीय प्रशासनको भूमिकालाई थप जिम्मेवार बनाउने बातावरण तयार गर्न आग्रह गरे । उनले अहिले पनि गाउँको अवस्थालाई लक डाउनले कुनै पनि असर नगरेको र लक डाउनको समयमा सबै खालका गतिविधि पहिलेकै अवस्थामा भईरहेकोले यसलाई न्यूनिकरण गर्ने वातावरण सृजना गर्न पनि आग्रह गरे । त्यस्तै समाजका सदस्य नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले कोरोनाको संक्रमण गाउँमा भन्दा मन्थली लगाएतका मुख्य बजार हरुमा फैलन सक्ने भन्दै यसको नियन्त्रका लागि स्थानीय प्रशासनले गम्भिरताका साथ सोच्नु पर्ने धारणा राखेका थिए । उनले परिस्थीति नियन्त्रण बाहिर गयो भने त्यसबाट आउने परिणाम भयावह हुन सक्ने भएकाले त्यसतर्फ संजालले पहल गर्नु पर्ने बताएका थिए ।

वैठकले तत्काल जिल्लाका सबै स्थानीय सरकारका प्रमुख र स्थानीय प्रशासनसंग समन्वय गरि सबै पालिकाहरुमा मौजुदा खाद्यन्नको अवस्थाको आँकलन गरि भावि दिनको अवस्थाको बारेमा तयारी गर्नु पर्ने बारेमा पनि छलफल भएको  समुहका प्रतिनिधि टिका भट्टले बताए ।

बैठकमा कोरोनाको संभावित संक्रमणलाई निश्तेज गर्न सक्ने कामका बारेमा छलफल गर्ने र सबै सरकारको समेत संयुक्त सहयोगमा पीसीआर परिक्षणका लागि छुट्टै किट खरिद गरि परिक्षणको दायरालाई दू्रत र छरितो बनाउन पहल गर्ने निष्कर्ष निकालेको समेत भट्टले बताए ।

Share84Tweet17Share5

Related Posts

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

३ जेष्ठ २०७७, शनिबार
कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित
देश

कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित

३ जेष्ठ २०७७, शनिबार
पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गर्छ –प्रचण्ड
शिक्षा

पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गर्छ –प्रचण्ड

३ जेष्ठ २०७७, शनिबार
रामेछाप रेडक्रसको  रक्तदानमा १६ जनाले रगत दान गरे 
प्रदेश नं ३

रामेछाप रेडक्रसको  रक्तदानमा १६ जनाले रगत दान गरे 

३ जेष्ठ २०७७, शनिबार
रामेछाप र ओखलढुङ्गाको दुर्गम गाउँलाई यातायातमा जोड्दै अरनिको सेवा 
देश

रामेछाप र ओखलढुङ्गाको दुर्गम गाउँलाई यातायातमा जोड्दै अरनिको सेवा 

३ जेष्ठ २०७७, शनिबार
वाल दुर्ब्यवहार बिरुद्धको बिश्व दिवस का अबसरमा बिबिध कार्यक्रम
समाचार

वाल दुर्ब्यवहार बिरुद्धको बिश्व दिवस का अबसरमा बिबिध कार्यक्रम

३ जेष्ठ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.