Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

२ नं वडा कार्यालयको उद्घाटन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२३ श्रावण २०७७, शुक्रबार
in समाज
0
244
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–मन्थली नगरपालिकाको वडा नं–२ स्थित कैलाश डाँडामा नवनिर्मित वडा कार्यालय भवनको शुक्रवार एक समारोहका बिच उद्घाटन गरिएको छ ।

वडा नं–२ का कार्यवाहक अध्यक्ष जनक खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार बस्नेतले रिवन काटेर र साइनबोर्डको अनावरण गरेर उद्घाटन गर्नु भएको हो ।

सो अबसरमा उद्घाटन मन्तब्य राख्दै नगर प्रमुख बस्नेतले यो वडा कार्यालय लाई यहा बनाउन नदिन ठुलै शक्ति लागेको भएपनि आफु त्यसको मुकाबिला गर्दै वडा कार्यालय बनाएरै छाडेको बताउनु भयो । उहाले आफ्नै पार्टिका मुर्धन्य नेताका रुपमा चिनिनेहरुनै वडा कार्यालय यहाँ बनाउनु हुदैन भनेर छेक्ने प्रयास गरेको गुनासो गर्नुभयो । उहाले कोभिड–१९ को महामारी र २०७२ सालको भुकम्पले गाउमै आयआर्जन गरेर बस्न पाठ  सिकाएको भन्दै अब गाउकै शिक्षा स्वास्थ्य र खानेपानी को समस्यामा सुधार हुने हुदाँ खाडि मुलुमा नगई आफ्नै गाउमा उद्यम गरेर बस्न युवाहरुलाई आग्रह गर्नुभयो ।

नगरपालिकाका उपसचिब हेमन्त बुढाथोकीले मन्थली नगरपालिकाका सबै वडाहरु यसैगरी निर्माण हुने चरणमा रहेपनि यो वडाको भवन भने पालिकाकै पहिलो निर्माण सम्पन्न भवनका रुपमा आएको बताउनुभयो ।

उहाले यसरी सुबिधा सम्पन्न वडा कार्यालय भवन बनेपछि अब नागरिकहरुलाई सर्बसुलभ ढंगबाट सेवा प्रवाहका लागि सहज हुने बताउनु भयो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्ने क्रममा महिला वडा सदस्य प्रमिला सुवेदीले वडा कार्यलय भवन निर्माणका लागि धेरै चुनौतिहरु सामना गर्नुपरेको स्मरण गराउदै अब २ नं वडाका नागरिकलाई आइतवार देखि नवनिर्मित भवनबाटै सेवा प्रवाह हुने  बताउनुभयो ।

भवन निर्माणका लागि नगरपालिकाबाट आर्थिक बर्ष २०७५÷७६ मा १ करोड ७२ लाख ५० हजार ५ सय ४९ रुपैया बिनियोजन भएको भएपनि लाल सुबा मेन्द्रो निर्माण सेवा प्रालिले आगामी मंसिर ७ गते निर्माण कार्य सम्पन्न गर्ने गरी रु २०७६ मंसिर ४ गते १ करोड ६ लाख ७६ हजार ६ सय ८ रुपैयामा ठेक्का सम्झौता गरी निर्माण कार्य सक्ने अबधि भन्दा ४ महिना अगाबै निर्माण कार्य सम्पन्न गरेर अघिल्लो आबमा भुक्तानी समेत लिइसकेको कार्यक्रम सञ्चालक ज्ञानेन्द्र काफ्लेले जानकारी गराउनुभयो ।

उहाले ३ रोपनी ४ आना क्षेत्रफल मा वनेको नवनिर्मित २ तले भवनमा ८ वटा कोठा, एउटा अन्डर ग्राउण्ड र छतमा २ वटा  स्टील टंयाकी अपांङ्ग मैत्री १ सहित ५ वटा शौचालय रहेको पनि जानकारी गराउनु भयो ।

                            जग्गा दातालाई सम्मान

त्यसैगरी सोहि अवसर पारेर सो स्थानमा वडा कार्यलय भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने बलबहादुर कार्की,दिपक कुमार क्षेत्री र शंकर थापालाई वडा कार्यालयले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार बस्नेतले प्रंससा–पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । उहाहरू ३ जना मिलेर वडा कार्यालयलाई ३ रोपनी ४ आना जग्गा निःशुल्क दान गर्नुभएको थियो ।

Share98Tweet61Share17

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२३ श्रावण २०७७, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ श्रावण २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ श्रावण २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ श्रावण २०७७, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ श्रावण २०७७, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ श्रावण २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero