Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा कोरोनाको त्रास बढि सतर्कता कम

बद्री नयाँघरे बद्री नयाँघरे
३२ श्रावण २०७७, आईतवार
in समाज
0
217
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–चार दिन अघि मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी  सहित दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि मन्थली बजार र सिङ्गो रामेछाप यतिबेला अक्रान्त छ ।

कोरोनाको संक्रमणसंगै मन्थली बजार र आसपासको वस्तीमापनि एक किसिमको त्रास बढेको छ । बढ्दो त्रास संगै जिल्ला प्रशासन कार्यालयले पनि  सर्वसाधारणको सुरक्षामा ध्यान दिंदै आगामी भदौ ११ गते सम्मका लागि जिल्लाभर लकडाउनको घोषणा गरेको छ । प्रशासनले मन्थली बजार र जिल्ला भरीका सबै बजार क्षेत्रलाई सरकारी मापदण्ड भित्र रहेर विहान ५ बजे देखि १० बजे सम्म मात्र खोल्न पाउने र आकस्मिक क्षेत्र बाहेकका सबै यातायातका साधन संंचालनमा रोक लगाएको छ । तर बजार र आसपासको क्षेत्रका सर्वसाधारणमा भने प्रशासनले देखाएको तदारुकताको तुलनमा सर्वसाधारणको सर्तकता निकै कम छ ।

प्रहरीको कडाईका बावजुद प्रायजसो बिहान र दिउँसो पनि अनाबश्यक रुपमा बजारमा डुल्ने र होटलमा बसेर चिया गफ गर्ने सर्वसाधारण हरुको  संख्या उत्तिकै छ । यसरी सरकारी सूचनाको बेवास्ता गर्नेहरुमा सर्वसाधारणको तुलनामा समाजका जिम्मेवारवर्गहरु,जनप्रतिनिधि,कर्मचारी र समाजका अगुवाहरुनै बढि रहेका छन् ।

मन्थली नगरपालिकाकै कर्मचारीमा संक्रमण देखिएसँगै विशेषगरी सदरमुकाम मन्थली अक्रान्तछ । सर्वसाधारणमा पनि यसको त्रासले निकै तनाब दिएको छ । यसरी प्रशासनको गम्भिरताको तुलनामा नागरिकताको गाम्भिर्यतामा भने निकै कमि आएको अनुभब आफुले गरेको नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष समेत रहनुभएका नागरिक अगुवा हिमाल ढुंगेलले बताउनुभयो । उहाँले भन्नुभयो– “नागरिकको स्वास्थ्य र जीवन सँग जोडिएको सवालमा समाजको जिम्मेवार बर्गनै गम्भिर नहुनु दुखद कुरा हो । विहान बजारमा मानिसहरुको ओहोर दोहोर र जमघट देख्दा मानौ मन्थली पुर्ण रुपमा सुरक्षित छ । यसबारेमा सरोकारवाला गम्भिर हुनु पर्दछ ।”

संक्रमणको संभावना र सरकारी सूचनाको ख्याल गरि सदरमुकाममा संचालित बैक तथा वितिय संस्थाहरुले भने आफनो सेवालार्ई सचेतता पुर्वकको प्रवाह गर्नुका साथै सेवाको दायरालाई पनि साँघुरो बनाएको छ । सबै भन्दा बढि मानिसको जमघट हुने भएकोले पनि आफुहरु सावधान हुनु पर्ने बाध्यता रहेको वैकिङ क्षेत्रका कर्मचारीहरू बताउछन् ।

मुलुकमा लकडाउन भएदेखि रामेछापमा कोरोना संक्रमणको संख्या ३३ पुगेको जिल्ला स्वास्थ कार्यालय रामेछापले जनाएको छ । यसैगरी परिक्षण गरिएका हरुमध्ये ८ सय ५५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएका २६ जना कोरोना मुक्त भई घर फर्किसकेका छन् भने ७ जनाको भने आईसुलेसन कक्षमा उपचार भईरहेको छ ।

 

Share167Tweet21Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३२ श्रावण २०७७, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३२ श्रावण २०७७, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३२ श्रावण २०७७, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३२ श्रावण २०७७, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३२ श्रावण २०७७, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३२ श्रावण २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero