१३ असार, २०७६
रामेछाप- रामेछाप नगरपालिका वडा नं. ६ ओख्रेनीले वडा भित्र रहेका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा सहित सम्मान गरेको छ । शुक्रबार वडा भित्र रहेका दश जना जेष्ठ नागरिकलाई दोसल्ल ओढाएर सम्मान सहित ओड्ने कपडा, छाता, जुत्ता , झुल र हर्लिक्स पनि वितरण गरेको छ ।
जेष्ठ नागरिकहरुलाई दैनिक जीवन यापनमा सहज होस भनेर वडा कार्यालयले उनीहरुलाई उक्त सामाग्री वितरण गरेको वडा अध्यक्ष धन बहादुर खड्काले बताउनुभयो ।
त्यस्तै रामेछाप नगरपालिका अपाङ्ग समन्वय समितिले वडामा रहेका ६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्ग परिचय पत्र पनि वितरण गरेको छ । अपाङ्ग परिचय पत्र वितरण गर्दै अपाङ्ग समन्वय समितिका सदस्य निर बहादुर कार्की र बद्री नयाँघरेले नगरपालिका सम्ममा आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई उनिहरुकै वडा कार्यलयमा पुगेर सेवा दिन पाउँदा आफूहरुलाई खुसी लागेको बताएका छन् ।
सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्याउने नारा अनुसार यस अघि नगरपालिकाले सबै वडाका १ सय ३० जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग परिचय पत्र वितरण गरिएको अपाङ्ग परिचय पत्र फाँटका प्रमुख नारायण सुबेदीले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया