रामेछाप । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मन्थली नगर कमिटीले सदरमुकाम मन्थलीमा अखिल कप मन्थली नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता आरम्भ गरेको छ । रामेछाप सदरमुकाम मन्थलीमा आरम्भ भएको अखिल कप मन्थली नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिताको उद्घाटन अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकायाले गरेका थिए ।
आइतबारसम्म चल्न उक्त प्रतियोगितामा मन्थली नगर भित्र रहेका विभिन्न माविबाट गरि नौ वटा टिमका विद्यार्थि खेलाडिहरुको सहभागिता रहेको अनेरास्ववियु मन्थली नगर कमिटीका अध्यक्ष मुकेश भण्डारीले जानकारी गराए । प्रतियोगिताकोे आरम्भमा नगरले जिल्ला फुट्बल संघका अध्यक्ष सुन्दर घिमिरे ,अखिलका जिल्ला सचिब पुष्कर भट्राई लगाएतका अगुवाहरुको रोहबरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा विस्तृत जानकारी गराएको थियो ।
सो अबसरमा प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, सिल्ड मेडल र प्रमाणपत्र, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार र सिल्ड, मेडल र प्रमाणपत्र पाउने ब्यवस्था गरिएको छ । नगर कामिटिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला फुट्बल संघका अध्यक्ष सुन्दर घिमिरे र अखिलका जिल्ला सचिब पुष्कर भट्राईले शुक्रबार देखि आईतबार सम्म गरि तीन दिन संचालन हुने फुटवल प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई खेल क्षेत्रमा प्रोत्साहन मिलोस भन्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका थिए ।

यो बारेमा तपाईको प्रतिकृया