मन्थली,३० मंसिर । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले हाल बिद्यमान राज्यको निति परिवर्तन हुन आबश्यक रहेको बताउनुभएको छ । सो कुरा उहाले रामेछाप जिल्ला बचत सहकारी संघको शनिवार मन्थलीमा सम्पन्न १६ औं बार्षिक साधारण सभाको उद्घाटन गर्ने क्रममा बताउनुभएको हो ।

उहाल हाल लाखौ युवा जनशक्ति विदेसिएको प्रति चिन्ता ब्यक्त गर्दै राज्यको नितिमै युवा वेरोजगारहरुलाई रोजगारी दिनका लागि अबश्यक कार्यक्रम ल्याउनु पर्ने कुरालाई जोड दिनुभयो ।
उहाले केहि सहकारीहरुले गरेको गल्तिका कारण राम्रा सहकारीहरुलाई पनि असज भएको बताउनुभयो । उहाले खराव नियत राखेर काम गरेका केहि सहकारीहले बदमासी गरे भन्दैमा सबै त्यस्ता नहुने बताउनुभयो ।
विकास निर्माणको तीन खम्बे नीति अन्तर्गत एउटा खम्वा सहकारी भएपनि राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण फरक गरेको आरोप लगाउनुभयो । उहाले सहकारीलाई सकरात्मक र सहयोगी संस्थाको रुपमा सरकारले हेर्नुपर्ने कुरालाई जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै कँडेलले समग्र देशलाई माथि उठाउने अभियान सहकारी भएको भन्दै सार्वजनिक, निजी र सहकारीको माध्यमबाट मात्र देश माथि उठाउन सकिने पनि बताउनुभयो ।सो अबसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक एबं समस्या ग्रस्त सहकारी ब्यवस्थापन समिति सदस्य डि बी वस्नेत ले कुनै पनि सहकारीलाई कमी कमजोरी गर्ने छुट नभएको ले त्यस्ता कमजोरी गर्ने सहकारीहरुलाई कानुनि दायरामा ल्याएरै छाडने बताउनुभयो ।

उहाले सहकारीलाई सबै सञ्चालकले गम्भिरतापूर्वक सञ्चालन गर्न अनुरोध गदै शेयर सदस्यहरुवाट संकलित निक्षेप वा पूँजि संस्थाको सेफमा, बैंकमा वा तमासुक गरी ३ ठाँउमा अनिवार्य रुपमा हुनुपर्ने बताउनुभयो ।
उहाँले कतिपय आपराधिक मानसिकताबाट ग्रसित ब्यक्तिहरु सहकारी सञ्चालक बन्दा सहकारी संकटग्रस्त बनेका बताउनुभयो । त्यसैले उनीहरूलाई कारबाहीको दायरामा ल्याउनै पर्नेमा उहाँले जोड दिनुभयो ।
उहाले लापरबाहीपूर्ण काम गर्ने मान्छेले सहकारी सञ्चालन गर्दा उनीहरूको वास जेलमा हुने बताउनुभयो । उहाँले व्यवस्थित तरिकाले सहकारी सञ्चालन गर्दा समस्या परेमा समाधानको बाटो खोज्न आफु तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रमका अबसरमा जिल्ला वचत संघ दोलखाका अध्यक्ष भुमिराज खड्का, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन थापामगर जिल्ला वचत संघ रामेछापका सल्लाहकार गोबिन्द घिमिरे, उपाध्यक्ष नविन केशी जिल्ला बचत संघ सिन्धुलीकी अध्यक्ष मिथिला घिमिरे, मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ लगाएतले आ आफनो मन्तब्य राख्नु भएको थियो ।

साधारण सभाका अवसरमा महिला सहकारी मध्ये उत्कृष्ठ महिला साकोस श्री शिवालय महिला बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ठ कारोवार गर्ने श्री केवलेश्वर साकोस रामेछाप न पा , नियमित प्रतिवेदन संम्प्रेषण गर्ने तर्फ बुद्ध बचत तथा ऋण सहकारी संस्था मन्थली न पा फुलासी, संस्थागत विकास तर्फ साहारा वचत तथा ऋण सहकारी संस्था मन्थली न पा र जिल्ला वचत संघ का संस्थापक अध्यक्ष सोमेश थापा लाई उत्कृष्ठ सहकारी अभियान्ताका रुपमा सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले कोषाध्यक्ष द्धारा प्रस्तुत संघको नाफा ४ लाख ९६ हजार ३ सय र २ करोड ५३ लाख ८२ हजार ७ रुपैया वरावरको आम्दानी र खर्चको विवरण पास गरेको छ ।
संस्थाका सचिब शिवराज श्रेष्ठले आफ्नो सांगठनिक प्रतिवेदन पेश गर्दै जिल्ला संघमा १ सय ७५ वटा बचत तथा ऋण सहकारी संस्था आबद्ध रहेको जानकारी दिनुभयो । यस वर्ष सो सङ्ख्या बढाएर १ सय ८० र्पुयाउने लक्ष राखिएको उहाँले बताउनुभयो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काले जिल्लाका सबै बचत तथा ऋण सहकारी संस्थालाई संघको छातामा ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रमका अबसमरा नियोजित टेक्नोलोजि प्रालिका सियो भोजराज घिमिरेले सहकारीहरुका लागि आबश्यक मिरा सफ्टवयरका वारेमा जानकारी गराउनुभएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया