रामेछाप १७ जेठ । रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका वडा नं ७ सुकाजाेरलाई आजदेखि अनिवार्य तथा निःशुल्क शिक्षा वडा घाेषणा गरिएकाे छ । शनिवार आयाेजना गरिएकाे एक कार्यक्रमका अवसरमा रामेछाप नगर पालिका वडा नं ७ लाई अनिवार्य तथा नि:शुल्क वडा घाेषणा गर्ने प्रतिवद्दता गरिएकाे हाे । वडा अध्यक्ष समीर कार्कीकाे अध्यक्षता एबं रामेछाप नगर प्रमुख लवश्री न्याैपाने प्अरमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम का अवसरमा बाेल्ने नगर उप प्रमुख बाल कु कार्की, विभिन्न बिध्यालयका शिक्षकहरू राजनैतिक दलका प्रमुख एबं प्रतिनिधि लगाएतले घाेषणा का लागि घाेषणा मात्र नभई घाेषणा पछिका विभिन्न कार्यक्रम हरूलाई निरन्तरता दिनुपर्ने बताउनुभएकाे थियाे । आ.वि मुडाजाेर का प्र.अ. रामबहादुर घिसिङले अग्रेजी विषय पठाउने नाममा अभिभावकसँग स्वेच्छिक सहयाेग भन्दै अझै पनि केही विध्यालयहरूले विभिन्न खालका शुल्कहरू लिईदै आएकाे भएपनि अब भने त्यस्ता शुल्कहरू लिन नहुने वताउनुभयाे । आसन्न वालमैत्री नगर घाेषणाका लागि यसले पनि टेवा दिने भएकाेले आफ्नाे वडाले आज बाट अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा गरिएकाे रामेछाप नपा वडा नं -७ सुकाजाेरका अध्यक्ष समीर कार्कीले वताउनु भयाे । साे अवसरमा अति विपन्न विध्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिएकाे थियाे ।
यो बारेमा तपाईको प्रतिकृया