मन्थली १९ असार । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय रामेछापले चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा ३० हजार ७ सय ६४ जनालाई सेवा दिएको जनाएको छ ।
विहीवार मन्थलीमा आयोजना गरिएको आयुर्वेद सेवाको प्रवद्र्धन का लागि गरिएको पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रमका अवसरमा आयुर्वेद चिकित्सक पुनम नेपालले सो कुराको जानकारी गराउनु भएको हो ।
उहाँले चालु आर्थिक वर्षमा टोल टोलमा स्वास्थ्य सेवा दिएको , महिला स्वस्थ्य स्वयम् सेवीकाहरुका लागि बिभिन्न खालका तालिमहरु दिइएको, नियमित रुपमा थेरापी, शिरोधारा, छारसुत्र लगाएतका विभिन्न उपचार पद्धतिमार्फत उपचारहरु गर्ने गरिएको बताउनुभयो ।
सो अबसरमा बोल्दै चित्सिालयका अध्यक्ष नवारज पथिकले यस चिकित्सालय लाई १६ बेडको अस्पतालका रुपमा विस्तार गर्न आवश्यक तयारी भैरहेको र आगामी आर्थिक वर्ष भित्र त्यो काम पनि सम्पन्न हुने बताउनुभयो । सो अवसरमा जिल्लाका विभिन्न स्थानमा रहेका ४ वटा नागरिक आरोग्य केन्द्रहरुबाट पनि सेवा दिइरहेको बताइएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया