Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरको चालु आवको प्रगति ८३ दशमलब ७ प्रतिशत राजस्व संकलनमा सुधार

नेपाल अभियान नेपाल अभियान
२८ असार २०८२, शनिबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
20
SHARES
Share on FacebookShare on Twitter

रामेछाप – रामेछाप नगरपालिकाले शनिबार आफनै सभाहलमा जिल्ला र नगरका सरोकारवालाहरुका विचमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम मार्फत नगरले आर्थिक वर्ष २०८१र०८२ को तेस्रो चौमासिक अवधिमा भए गरेका काम र तिनका प्रगतिका बारेमा सार्वजनिक सुुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले सार्वजनिक गरेको विवरणअनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा अनुमानित कुल बजेट रू७६ करोड ८८ लाख ६९ हजार ५५१ मध्ये रू६३ करोड ८७ लाख ६१ हजार ८४५ खर्च गरेको छ । सम्म अनुमानित कुल बजेटको करिब ८३ दशमलब ७ प्रतिशत मात्र खर्च गरेको ।
जस अनुसार, चालु खर्चतर्फ रू५० करोड ५० लाख ४३ हजार ६ सय ६ सय रुपैयाँ मध्ये ८७ दशमलब ४८ प्रतिशत अर्थात् ४४ करोड १८ लाख ५ हजार ८ सय ७६ खर्च भएको पनि जानकारी गराईएको छ त्यसैगरि पुँजीगत खर्चतर्फ भने २६ करोड ३८ लाख २५ हजार ९ सय ४५ मध्ये ७४दशमलब ६५ प्रतिशत अर्थात् १९ करोड ६९ लाख ५५ हजार ९ सय ३८ खर्च भएको छ ।
त्यस्तै, सोही अवधिमा नगरपालिकाले विभिन्न वडा कार्यालयमार्फत गरी १ करोड २८ लाख ५७ हजार सय ४ राजस्व संकलन गरेको छ भने सबैभन्दा बढी रकम नगरपालिका कार्यालयबाट रू ६८ लाख ७९हजार ५सय ४२ रुपैयाँ संकलन गर्न सफल भएको छ । त्यसैगरि सबै वडा तर्फ गरि सबै भन्दा बढी रकम वडा नम्बर ९को कार्यालयबाट ९ लाख ९८ हजार ७सय ४७ भने सबैभन्दा कम रकम १ नं वडा कार्यालयबाट कुल ३ लाख ४९ हजार ५सय ६८ संकलन भएको देखिन्छ ।
त्यसैगरि नगरपालिकाको वार्षिक राजस्व संकलन गर्ने लक्ष्य १ करोड १२ लाख १४ हजार रहेकोमा हालसम्म १ सय १४दशमलब ६६ प्रतिशत मात्र राजस्व प्राप्त भएको छ । सो क्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले रामेछाप नगरमा सोचे जति विकाश र शुसासनका काम हुन नसकेको भएपनि उल्लेखनीय सुधार र विकास भएको ठोकुवा गर्नु भयो । सो क्रममा वहाँले सबैको सहकार्यमा मात्र शुसासन र विकास सम्भव हुने भन्दै त्यसका लागि सबैको सहयोगको अपेक्षा गर्नु भयो । सो क्रममा उहाँले हायु र माझी समुदायलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनु भएका नगरप्रमुख लबश्री न्यौपानेले ओख्रिनीको लामसाङ डाँडामा नेपालको अग्लो बुद्धको मूर्ति निर्माण गरिने लगायत आगामी बर्ष नगर भित्र गरिने विभिन्न योजना तथा कार्यक्रमका बारेकमा जानकारी दिनुभयो । उहाँले वडा नं मा प्राङ्गारिक मल कारखाना स्थापना गरिने जानकारी दिँदै उक्त परियोजनाका लागि प्रदेश सरकारबाट ३) लाख, नगरपालिकाबाट २) लाख र सहकारीबाट १) लाख बजेट छुट्याइएको बताउनुभयो । उहाँले पूर्व मेयरहरुले विकासका सम्भावनाबारे गम्भीर सोच नराखेको कारण नगरपालिका विकासमा धेरै पछि परेको जिकिर गर्नु भयो । मेयर न्यौपानेले “विकास भएको ठाउँमा समेत विकास नभएको भन्दै प्रश्न गर्नेहरुले बुझेर मात्र कुरा गर्नुपर्ने धारणा राख्नुभयो ।
सो अबसरमा रामेछापकी नगर उपप्रमुख बाला कार्किले रामेछाप नगरको विकास तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले पुरानो पुस्ता र नयाँ पुस्ताबीच सोच र प्रवृत्तिमा ठुलो अन्तर रहेको उल्लेख गर्दै न्यायिक समिति तथा भौतिक विकास निर्माणका क्षेत्रमा नगरले उल्लेखनीय प्रगति गरेको जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि स्थानीय बासिन्दाहरुले सडक निर्माणमा ढिलाइ भएको गुनासो गरेका छन् । सहभागीहरुले कृषि, पशु, पर्यटन, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रका विषयमा प्रश्न उठाएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले स्थानीय सरकार र नागरिक समाजको उल्लेख्य सहभागिताले मात्र दीगो विकासका आधारमा सुसासनको आधारशिला खडा हुने भएकोले सोहि अनुसारको भावनाका साथ काम गर्न पनि आग्रह गर्नु भयो ।

Share8Tweet5Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ असार २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ असार २०८२, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२८ असार २०८२, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२८ असार २०८२, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२८ असार २०८२, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२८ असार २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero