Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कौछिनी सडक दुर्घटना, एउटै गाँउका ४ जनाको निधन पछि गाउनै शोकाकुल, “अगाडि सिटमा बस्ने अधिकांस बिते, पछाडि सामान राख्ने ठाँउमा वसेका हामी सबै बाच्यौ” – घाइते थोकर

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ चैत्र २०७९, शुक्रबार
in समाचार, समाज
0
138
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२४ चैत्र । मन्थली नगरपालिका वडा नं–७ का ३८ बर्षका हरी बहादुर थोकर शारिरीक अपांङ्ग हुन, उनको दुवै गोडा अपाङ्ग छ । उनले आफु सँगै गाडि चढेकी आमा गुमाए पनि आफु भने बाचे । उनले भने– अगाडी सिटमा बस्ने अधिकांस मरे, पछाडि वस्ने सबै बाच्यौ बाच्यौ” । घटना क्रमको उनले दिएको जानकारी अनुसार– विहिवार काम बिषेशले ६८ बर्षिया आमा जेसुन तामाङ्ग सहित मथली आएका थोकर काम सकेपछि देवकोटा चोक बाट अटो चढेर ट्राफिक विट (जहा उनीहरुलाई गाडि पर्खिरहेको थियो) पुगे । बुढिमान्छे भएका कारण ड्राइभरले आमालाई आफु नजिकैको सिटमा (अगाडि) राखे र आमाको काखमा साथीको मावल हिडेकी सुनापति–१ गुन्सी (हाल मन्थली बस्दै आएकी) लाक्पा घिसिङ लाई राखिदिए । आमालाई सुरक्षित तरीकाले अगाडी सिटमा राखेपछि थोकर आफु सकी नसकी गाडि चढेर पछाडि ढालामा आड लिएर बसे । डबल क्यापको बुलेरो भएका कारण ड्राइभर पछाडि पटिको सिटमा सोहि गाउकी ८२ बर्षिया नन्द माया भण्डारी, ५५ बर्षकी ज्ञान दानी तामाङ तामाड पनि बसे । सिमेन्ट र अन्य केहि खाद्यान्नका सामाग्रीहरु सहित मन्थली बाट १६ जना मानिसहरु लिएर विहिवार दिउसो करिव ३ः३० बजे तिर गाडि गन्तब्यस्थल तर्फ मोडियो । मान्छे हालेको देखेपछि ट्राफिकले समात्ने डरले ट्राफिकको आँखा छलेर मन्थलीको ट्राफिक विट भन्दा केहि पर लगेर फेरी मानिसहरु जम्मा गरेर ड्राइभर दलवहादुर मगरले काडि हिडाए । मन्थली वाट गाइखुरा पुल क्रस गरे सँगै मुगिटार –भटौली –थाक्ले खोला हुँदै टुनिवोटेको उकालो छिचलेर उनले कौछिनीको डाडामा गाडि पुरयाउदा सम्म करिव २÷३ पटक गाडिमा खट्याक खट्याक आवाज सुनियो । प्राय यस अघि जहिलेपनि कौछिनीको बरको रुख भएको डाँडाँमा पुगेर गाडि रोकेर त्याहा झर्ने मान्छे लाई झरेर गाडिको टायर र इन्जिन चेक गरेर भाडा उठाएर मात्र अघि बढथे दल वहादुर । तर त्यस दिन त्याहा झर्ने मान्छे नभएका कारण त्याहा उनले गाडि रोकेनन र गाडि चेक पनि गरेनन् । त्यहावाट करिव ४÷५ मिनेट जति अघि बढेपछि सम्मो बाटोमै एक पटक खट्याक्क गरेको आवाज आयो । त्यसो हुँदा पनि गाडि अडाडि बढिरहयो । त्यस भन्दा अलि अघि पुगेपछि पहरो नजिकै भएको (गरगरे) एक तर्फी सानो बाट उकालो लाग्दै गर्दा ड्यांङ्ग ठुलो आवाज आएपछि गाडि अगाडि बढन सकेन त्यसको क्राउन भाचिए जस्तो लाग्यो । ड्राइभरले ब्याक गरेर गाडि जोगाउन खोजे त्यसबेला ब्रेक र स्टेरीङले काम नगरेको जसरी गाडि गरंङ्गरङ्ग पछाडि आएर पहरामा ठोक्कीयो, पहरामा ठोकीदा म भुइमा बजारिएछु त्यसपछि अगाडिको भाग उधोमुन्टो लगाएर पल्टन थाल्यो पल्टदै गर्दा पछाडि भएका मन्छेलाई गाडिले घोप्ट्याईदियो त्यसै वेला मान्छे पाखाभरी भए, सबैको चिच्याहट सूरु भो गाउका मन्छे जम्मा भएर हामीलाई उद्धार गर्दै थिए दुर्घटना भएको एक घण्टा पछाडि तिर प्रहरी आइपुग्यो, भित्र बस्ने ४ जना गाडि सँगै पल्टदै जाँदा उनीहरु मध्ये कोहि घोप्टो परेको त कोहि उत्ताने परेको अबस्था देखेपछि उनीहरुको मृत्यु भयो भन्ने अनुमान भयो । एक जना महिलाको लाश त पछि सम्म गाडिलेनै थिचेको अबस्थामा थियो पछि प्रहरीले निकाले ।


मन्थलीमा रहेको लिटिल स्टार बोर्डिङ स्कुलमा सँगै पढने , खेल्ने साथी साम्भवी लामाले हाम्रो परीक्षा सकिायो आज हाम्रो मामा घर जाउ ममि, म र दिदी पनि मामा घर जान ठिक पर्नु भाछ भनेपछि खुसी हुँदै साथीको मावल गएकी मावल गएकी सुनापति १ गुन्सीकी लाक्पा शेर्पा कोपनि मृत्यू भयो ।
आफ्नो सिट बाट उछिट्टीएर बाहिर निस्केका चालक मगर उद्धार गर्दा सम्म वोल्दै थिए । उनले पानी पानी भनेपछि नजिकै रहेका घरहरु बाट मागेर ल्याएको पानी उनलाई भने जति खान उद्धारकमीले दिए । दुर्घटना भएको थाहा पाएर दुर्घटना स्थल आइपुगेका मगरका बुवा लाई दलवहादुरले म सक्किए बुबा तपाईहरु मेरो पिर नगरी वस्नु म अव फर्किन्न भन्दै मेरो गोडा भाचिएको छ ,यति धेरै मान्छेको यो अबस्था भयो भन्ने कुराहरु समेत गरेको सोहि गाडिमा दुर्घटनामा परेका स्थानीय शिक्षक बेद वहादुर बुढाथोकीले बताए । उनले भने म पनि ५ बर्षको वालख छोरो लिएर मन्थली बाट घर जान गाडि चढेको थिए दुर्घटनामा पर्दा मलाई गाडिको ढालाले एक पटक थिचेर पल्टियो,बाहिर वसेका हामी वाबुछोरा मध्ये छोरा निदाएको थियो । एकै चोटी गाडि पल्टेपछि पो छोरो खोइ त भनेर छोरालाई वोलाउदा वावा मलाई झोलााले थिचो निकाल्दिनुस भन्यो मैले झोला निकालिदिए जुरुक उठेर कुद्यो । धन्न भगवानले हाथ थापेका रहेछन छोरालाई केहि भएन । बुढाथोकीको ७ वटा छोरी भन्दा पछिको आठौं छोरो थियो यो । बुढाथोकीको भने छाति को करङ र घाटिमा चोट लागेको छ, शुक्रवारदेखि उनको पनि काठमाण्डौको ट्रमा अस्पताल मा उपचार भैरहेको छ ।

यसरी घाइते हुने ब्यक्तीहरुमा मन्थली ७ की ३५ बर्षिया विमला गोले उनकी ११ बर्षिया छोरी ओजस्वी लामा र ५ वर्षिया छोरी सम्भावि लामा रहेका छन् उनीहरु मध्ये गोलेको गोडा भाचिएको छ भने जेठी छोरीको टाउकोमा चोट लागेको र कान्छी छोरीको पनि गोडा भाचिएकोमा आमा र कान्छी छोरीलाई थप उपचारका लागि विहिवार नै काठमाण्डौ लगि जोरपाटिमा रहेको अर्थोपेडिक अस्पतामा उपचार भइरहेको छ भने जेठी छोरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
त्यसै गरी अन्य घाइतेहरुमा सोहि वडाका बर्ष ७७ का भक्त वहादुर लामा, सोहि वडाका स्थानीय शिक्षक बेद वहादुर बुढाथोकी, सोहि वडाकी वर्ष ६० कि मनमाया तामाङ , वर्ष ४७ का दुर्गामाया खड्का, बर्ष २५ का कमल गोले, वर्ष ३८ का हरि वहादुर थोकर, गोकुलगंगा ५ रस्नालु स्थायी ठेगाना भएकी वर्ष २७ कि निष्मा मुंग्राती र निजकै ३ बर्षिया छोरी निनिमा मुंग्राती रहेका छन् ।
दुर्घटामा परी मृत्यु हुने मन्थली न पा ७ की ८२ बर्षिया नन्द माया भण्डारी, सोहि वडाकी ५५ बर्षकी ज्ञान दानी तामाङ ६८ बर्षका जेसुन तामाङ र सुनापति गाँउपालिका वडा नं १ गुन्सीकी ८ बर्षिकी लाक्पा घिसिङ र ५० बर्षिय वलेरो चालक दल बहादुर आलेमगरको लाश शुक्रवार मन्थली अस्पतालमा पोष्टमार्टम गरी दाहसस्कारका लागि परीवारले बुझेर लगेका छन् । विहिवार मन्थली बाट कौछिनी जाँदै गरेको वा ११ च ५५३ नं को बुलेरो कौछिनी डाँडाको मगर गाँउ नजिक दुर्घटना भएको थियो ।

Share55Tweet35Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२४ चैत्र २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ चैत्र २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ चैत्र २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ चैत्र २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ चैत्र २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ चैत्र २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero