Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पर्यटन र ब्यापार ब्यवसाय प्रबद्र्धन गर्न रामेछापमा रामेछाप सास्कृतिक तथा सडक महोत्सव (फुड फेस्टिवल) सुरु

नेपाल अभियान नेपाल अभियान
१ बैशाख २०८०, शुक्रबार
in समाचार, समाज
0
27
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१ वैशाख । जिल्लाको ब्यपार ब्यवसाय प्रबद्र्धन गर्न रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रामेछाप सास्कृतिक तथा सडक महोत्सव सुरु भएको छ ।
पर्यटन र ब्यवसाय प्रवद्र्धन गर्न एबं व्यापार व्यवसायलाई चलयमान बनाउन रामेछाप सांस्कृतिक तथा सडक महोत्सव–२०८० (फुड फेस्टीबल) आयोजना गरिएको हो ।


मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सहयोगमा रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघको सह–आयोजना एबं रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा सो महोत्सव आयोजना गरेको हो ।
नयाँ वर्ष २०८० सालको सुभारम्भ सँगै शुक्रवार बाट सुरु भएको महोत्सवमा सदरमुकाम मन्थलीको देवकोटा चोकदेखि कृषि विकास बैङ्क सम्मको मुख्य सडकमा कार्यक्रमका लागि मञ्च र स्टलहरू निर्माण गरिएको छ ।
ती स्टलहरुमा रामेछाप जिल्लाको विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा वस्तुबाट बनेका परिकारहरू, दुग्धजन्य वस्तु तथा जडीबुटी जन्य वस्तुहरू प्रदर्शनीमा राखिएको छ ।
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन कुमार थापामगरको अध्यक्षतामा भएकोको महोत्सवको उद्घाटन् संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम)ले गर्नुभएको थियो ।
कार्यक्रमका अवसरमा बागमती प्रदेश सांसद आनन्द श्रेष्ठ, जिल्ला समन्वय समितिका उप–प्रमुख प्रेम सागर थापा,मन्थली नगर प्रमुख लव श्रेष्ठ, रामेछाप नगर प्रमुख लव श्री न्यौपाने,पत्रकार महासंघ अध्यक्ष बद्री नयाँघरे, गैसस महासंघ अध्यक्ष रत्न कडेल लगाएत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु समेतले आ आफ्नो मन्तब्य राखेका थिए ।


यस्ता महोत्सबले मन्थलीको ब्यपार ब्यवसायमा आएको मन्दिलाई केहि हद सम्म सहजता थप्न र थप चलयमान बनाउन सहयोग पुग्ने होटल ब्यवसायी सुदिप देवकोटाले बताउनुभयो ।
यस महोत्वसवले जिल्ला भित्र रहेका उद्योगी तथा व्यवसायीहरूले उत्पादन गरेका तथा दैनिक उपभोग्य वस्तु सेवाहरूकासाथै कृषिजन्य तथा हस्तकलाका समानहरू उपभोक्ता समक्ष परिचित गराई व्यवसाय विस्तार तथा प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविनकुमार थापा मगरको रहेको छ ।


शुक्रवार र शानिवार गरी दुई दिन सम्म चल्ने यो महोत्सवले सुस्ताएको बजार चलयमान बनाउनका साथै पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने अपेक्षा आफुले लिएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
दुई दिनमा ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा रामेछाप जिल्लाका विभिन्न स्थानमा रहेका माझी, हायु, सुनुवार, नेवार, मगर तामाङ लगायतका जात जातिहरूले आ–आफ्नो संस्कृति झल्कने झाँकी प्रदर्शन गरेका थिए भने आ–आफ्ना जातजाति अनुसारका पौराणिक खानेकुराका परिकार एबं चलन चल्तिमा रहेका भाडाकुडाहरुको समेत प्रदर्शन गरेका थिए ।
महोत्सवमा हस्तकला सामाग्रीहरु, बिभिन्न प्रजातिका विरुवाहरु,एबं खानाका फरक फरक परीकारहरु समेत प्रदर्शनीमा राखिएका छन् ।

Share11Tweet7Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१ बैशाख २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१ बैशाख २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१ बैशाख २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ बैशाख २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ बैशाख २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ बैशाख २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero