Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रहरीनै मोटरसाईकल चोरीको मुद्धामा

नेपाल अभियान नेपाल अभियान
४ बैशाख २०८०, सोमबार
in समाचार, समाज
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,४ बैशाख । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत एकजना प्रहरीलाई मोटरसाईकल चोरीको मुद्धा लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान उपेन्द्र भण्डारीलाई मोटरसाइकल चोरीको अभियोगमा जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालकमा कार्यरत दोलखा जिल्ला मेलुङ गाउँपालिका घर भएका प्रहरी जवान भण्डारी विरुद्ध प्रहरीले जिल्ला अदालत रामेछापमा सोमबार चोरी कसुरमा मुद्दा दायर गरेको हो ।
पीडित रमेश नेपालीको उजुरीको आधारमा प्रहरीले खोजी गर्ने क्रममा सिसी क्यामेराको फुटेजबाट हराएको मोटरसाइकल र सो मोटरसाइकल चलाउने प्रहरी जवान भण्डारीको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो ।
सिसी टिभी फुटेजका आधारमा आवश्यक सोधपुछ गर्दा घटनामा संलग्न प्रहरी जवान भण्डारीले मोटरसाइकल चोरीमा आफ्नो संलग्नता रहेको स्वीकार गरेकाले उनलाई निलम्बन गरी आवश्यक कानुनी कारबाहीका लागि उपलब्ध प्रमाण सहित जिल्ला अदालतमा चोरी कसुरमा मुद्दा अगाडी बढाइएको उहाँको भनाइ छ । बागमती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको यामाहा एफ जेट कालो रङ्गको मोटरसाइकल मन्थलीको कृषि विकास बैङ्कबाट मन्थली नगरपालिकाको कार्यालय झर्ने ओरालोमा पार्किङ गरिराखेको अवस्थामा गत शुक्रवार राति साढे ८ बजेको समयमा हराएको थियो । मोटरसाइकल हराएपछि मोटरसाइकल धनी नेपालीले प्रहरी कार्यालयमा आइतवार उजुरी दिएका थिए । प्रहरीले हराएको मोटरसाइकलको पाट पुर्जा टुक्रा टुक्रा पारेको अवस्थामा मन्थली नगरपालिका–१ हाटे चौर स्थित एक घरको कोठामा फेला पारेको थियो । नयाँ वर्ष को सुरुवातमा रामेछाप उद्योग बाणिज्य संघ ले रामेछाप सास्कृतिक तथा फुड महोत्सव आयोजना गरको थियो । सबैजना शुक्रवार साझ महोत्सवमा रमाइरहेका बेला उक्त मोटरसाईकल चोरी भएको थियो ।

Share22Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ बैशाख २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ बैशाख २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ बैशाख २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ बैशाख २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ बैशाख २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ बैशाख २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero