Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

superadmin superadmin
११ बैशाख २०८०, सोमबार
in आधारभूत, कृषि, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
32
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १० बैशाख । खाँडादेवी गाउँपालिका–१ का अर्जुन कुमार लामा र त्यस वडाका अरु पनि अगुवा कृषकहरु यतिबेला निकै खुसि छन् । आफनो पालिकाले आफुजस्ता कृषकहरुको ब्यवसायिककरणका लागि उपकरण हरु उपलब्ध गराईदिएपछि खुसि भएका हुन् ।
‘गाउँपालिकाको यो कार्यक्रमले राकाथुमका कसिनालाई धेरै राहत भएको उनिहरुको बुझाई रहेको छ । ५० प्रतिशत अनुदानमा मकैको बिउ, खेत बारी जोत्ने ट्याक्टर, कुटानी पिसानी गर्ने मिल, मकै छोडाउने मेशिन लगायतका सामाग्रीहरू पाउँदा यहाँका किसानहरूलाई अरु कर्मयोगि बन्नका लागि हौसला मिलेको सोहि वडाका वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताउनु भयो ।
यसका लागि पालिकाले कृषि सहकारीलाई जिम्मा दिएको थियो । नागरिक संग प्रत्यक्ष सरोकार राख्ने र कृषकहरुलाइ पनि स्थानिय स्तरमा काम गर्न सहयोग पुग्ने भन्दै पालिकाले औजार र कृषि उपज वितरणका लागि स्थानिय सहकारीलाई उपयोग गरेको हो ।
त्यसका लागि गाउँपालिकाले आफना कृषकहरुकालागि अनुदान सहयोगमा कृषि उपकरण र उन्नत वीउ वितरण गरेको छ । उसले वडा नं १ राकाथुमका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण र उन्नत जातको मकैको बिउ वितरण गरेको हो ।
गाउँपालिकाको आर्थिक सहयोग, हेफर इन्टरनेशनलको प्राविधिक सहयोग र स्थानीय संस्था गाउँ विकास केन्द्रको साझेदारीमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशील विकास कार्यक्रम अन्तर्गत किसानलाई सामाग्री प्रदान गरिएको हो । स्थानीय किसानलाई एक हजार २०० केजी बढी उन्नत जातको मकैको बिउ, तीन वटा मिनिटिलर ट्याक्टर, ११ वटा पिसानी मिल र आठ वटा मकै छोडाउने थ्रेसर मेसिन वितरण गरिएको साझेदार संस्था हेफर इन्टरनेशनलले जनाएको छ ।
‘मकै पकेट क्षेत्र राकाथुमका किसानलाई ५० प्रतिशत अनुदानमा १२ लाख रुपियाँ बराबरको कृषि उपकरण र उन्नत जातको मकैको बिउ प्रदान गरिएको छ’। गाउँपालिकाले आफूहरूको माग र आवश्यकताका आधारमा ५० प्रतिशत अनुदानमा कृषि उपकरण र उन्नत जातको मकैको बिउ दिएको ‘स्थानी स्तरको आर्थिक वृद्धिमा सहकारीको ठुलो भूमिका हुन्छ ।
यस्ता कार्यक्रममा स्थानीय स्तरमा सञ्चालित सहकारीले सबै किसानलाई समेट्न सक्ने हुँदा पनि अब किसानलाई प्रदान गरिएको उपकरणको प्रयोगले राकाथुममा उत्पादन बढ्नुपर्छ भन्ने कृपकहरुको मान्यता रहेको छ । । खाँडादेवी गाउँपालिकाले मकै पकेट क्षेत्रका रूपमा विकास गरिरहेको वडा नं १ राकाथुमका किसानको माग र आवश्यकता अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण र उन्नत जातको मकैको बिउ वितरण गरिएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । ‘गाउँपालिकाको वडा नं १ राकाथुममा मकै उत्पादन राम्रो हुन्छ, त्यसैले यो
वडालाई मकै पकेट क्षेत्रको रूपमा विकास गरी धेरै भन्दा धेरै मकै उत्पादन गर्ने लक्ष्य अनुसार यस्ता कार्यक्रमहरू सञ्चालन गरिएको हो’,।थोरै मेहनत गरेर धेरै उत्पादन गर्न सामूहिक रूपमा खेती गर्नुपर्ने र त्यसैको लागि राकाथुमलाई मकै पकेट क्षेत्र घोषणा गरिएको उहाँले बताउनुभयो ।

Share13Tweet8Share2

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

११ बैशाख २०८०, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

११ बैशाख २०८०, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

११ बैशाख २०८०, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

११ बैशाख २०८०, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

११ बैशाख २०८०, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

११ बैशाख २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.