मन्थली,२१ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा रामेछापका नौ जनाले केन्द्रीय सदस्यमा उमेद्वारी दर्ता गराएका छन् ।
यसरी उमेद्वारी दर्ता गराउनेमा रामचन्द्र खड्का, विनिता खड्का, गेल्जे शेर्पा, प्रकाश कटुवाल, सुरेश सुवेदी, ज्योती सुनुवार, मुक्त बहादुर महते, कुमारी हायु र कुशश्री न्यौपाने रहेका छन् ।
उनीहरु मध्ये रामचन्द्र खड्काले खस आर्य तर्फको खुल्ला कोटामा, विनिता खड्काले खुल्ला महिला कोटामा, गेल्जे शेर्पाले आदीवासी जनताजती कोटामा र प्रकाश कटुवालले पेशागतमा मनोनयन दर्ता गरेका हुन् ।
त्यसैगरी सुरेश सुवेदीले खुल्ला कोटामा, ज्योति सुनुवारले आदीवासी जनजाती महिला कोटामा र कुमारी हायुले अल्पसंख्यक कोटामा मनोनयन दर्ता गराएकी हुन् ।
त्यस्तैगरी मुक्तबहादुर महतेले दलित कोटामा र रामेछाप जन्मभइ काठमाण्डौ कर्मथलो बनाउनुभएका कुशश्री न्यौपानेले अपाङ्ग कोटामा उमेद्वारी दिएका छन् ।
उनीहरु मध्ये खड्का र कटुवालले रामेछापबाट खुल्ला क्लस्टर अन्तगर्त महाधिबेशन प्रतिनिधि विजयी भएका हुन् भने विनिता खड्का महिला (खुल्ला) क्लस्टरबाट, शेर्पा, सुनुवार र हायु क्रमशः आदीवासी जनजातिको खुल्ला र महिला क्लस्टरबाट विजयी भएका थिए भने सुवेदी खसआर्य क्लस्टर बाट निर्वाचित भएका थिए । त्यसैगरी महते समानुपातिक तर्फको दलित कोटाबाट निर्विरोध निर्बाचित भएका थिए ।
उता न्यौपाने भने काठमाण्डौ बाटै अपाङ्ग क्लस्टरबाट महाधिबेशन प्रनिधिति निर्बाचित भएका थिए । उनीहरुले आ –आफ्नो जीत सुनिश्चित भएको दावी गरिरहेका छन् ।












यो बारेमा तपाईको प्रतिकृया