Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली–काठमाडौं उडान गर्न माग

नेपाल अभियान नेपाल अभियान
१७ बैशाख २०८०, आईतवार
in समाचार, समाज
0
70
SHARES
Share on FacebookShare on Twitter



रामेछाप ,१७ वैशाख । आइतवार मन्थलीमा बसेको सरोकारहरूको बैठकले मन्थली–काठमाडौं उडान गर्न माग गरेको छ । प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) को समन्वयमा जिल्ला समन्वय समितिमा बसेको सरोकारवालाहरूको बैठकले सो उडानका लागि माग गर्ने निर्णय गरेको हो ।
मन्थलीको भविष्यको बारेमा कुनै वास्तै नगरी विभिन्न तीन विमान कम्पनीहरूले आफ्नो निजी स्वार्थका लागि मात्र मन्थली विमानस्थल वैकल्पिक रूपमा मात्र प्रयोग गरिएको लामो समय बिती सक्दा पनि स्थानीयहरूको गुनासोको बारेमा सम्बोधन नभएको भन्दै आज बसेको जन प्रतिनिधि र सरोकारहरूको बैठकले   नागरिक उड्यन प्राधिकारण प्राधिकरण केन्द्रीय कार्यालयमा माग गर्ने निर्णय गरेको हो ।
  व्यावसायिक प्रयोजनका लागि मात्र उडान भर्दै आएको मन्थलीको विमानस्थलका बारेमा व्यापक जनगुनासो आए पछि मन्थली –काठमाडौं उडान नियमित गर्न पहल स्वरूप आगामी जेठको पहिलो हप्तादेखि हप्तामा एक दिन भए पनि सर्व साधारणका लागि उडान सञ्चालन गर्न प्राधिकरणलाई अनुरोध गरिएको प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्की,मन्थली नगर प्रमुख लव श्रेष्ठ, हवाई सेवा प्राधिकरण निर्देशनालयका उप महानिर्देशक प्रेमनाथ ठाकुर, निमित्त प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे र प्रहरी नायव उपरीक्षक, सञ्चार कर्मीहरू र नागरिक समाजका अगुवाहरूको पनि सहभागिता रहेको थियो ।
सो अवसरमा मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले मन्थली –काठमाडौँ उडान सुरु गर्न आफूले यस अघि पनि पटक पटक अनुरोध गरेको भए पनि सम्बन्धित विमान कम्पनीहरूले अटेर गरेको  वताउनुभयाे ।  हामीले उडान लाई नियमित गराउन र एयरपोर्टको माध्यमबाट मन्थली बजारमा पर्यटन व्यवस्थापन गर्नका लागि पटक–पटक प्रयास भैरहेकोेले स्थानीय सरकारको तर्फबाट त्यसका लागि आफू जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।
सरोकारवालाको बैठकमा सहभागि हवाई सेवा प्राधिकरण निर्देशनालयका उप महानिर्देशक प्रेमनाथ ठाकुरले स्थानीयको मागलाई पूरा गर्नका लागि आफूले पनि सक्दो सहयोग गर्ने भन्दै उठाइएको कुरा सम्बन्धित निकायमा पुरयाईने र त्यसका लागि सकारात्मक प्रयास हुने पनि बत्ताउनुभयो । रामेछाप विमानस्थलबाट व्यावसायिक प्रयोजनका लागि लुक्लाका सम्म दैनिक ३० देखि ४० वटा उडानहरु हुने गरेका छ तर सम्बन्धित विमान कम्पनीहरूले मन्थली –काठमाडौँ उडानमा भने नियमित यात्रु नहुने वाहाना वनाउदै उडान भर्ने गरेको छैनन् ।
यस अघि लामो समय सम्म तत्कालीन सहि नेपाल वायुसेवा निगम, एभरेस्ट एयर र तारा एयरले उडान भर्ने गरेका थिए । काठमाण्डौवाट खुर्काेट हुँदै मन्थली सम्म आउने वाटो जोडिएपछि भने मन्थली काठमाडौँ उडान बन्द भएको थियो ।
सरकारले स्थानीय र जिल्लावासीहरूको समेत हितलाई ध्यानमा राखी मन्थली एयरपोर्टलाई करोडाै रुपैयाँ लगानी गरेर स्तरोन्नति गरेको भए पनि नागरिक उड्ययन  प्राधिकरणले भने सोलुखुम्बु जाने पर्यटकहरूका लागि मन्थली एयरपोर्ट बाट लुक्ला का लागि जहाज उडाउने अनुमति दिएपछि तारा, सिता र समिट एयरले पर्यटक केन्द्रित उडान भर्दै आफ्नो स्वार्थ मात्र उपयोग गर्नु हाम्रा लागि पनि दुर्भाग्य पूर्ण कुरा भएको रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव यज्ञ सुवेदीले बताउनुभयो ।

Share28Tweet18Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ बैशाख २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ बैशाख २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ बैशाख २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ बैशाख २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ बैशाख २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ बैशाख २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero