Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोकुलगंगाको विकासका लागि गम्भीर छु : अध्यक्ष खड्का 

नेपाल अभियान नेपाल अभियान
२ जेष्ठ २०८०, मंगलवार
in कारोबार, प्रदेश नं ३, समाचार, समाज
0
90
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश)ले पालिकाको विकास र सम्वृद्धिका लागी आफू गम्भीरताका साथ लागि रहेको बताएका छन् । उनले आफ्नो एक वर्षको कार्यकालमा बाहिर देखिने खालका काम हुन नसकेको भए पनि भएका काम भने परिणाम उन्मुख खालका भएकोले यसको परिणाम आउन भने केही समय लाग्ने भएकोले धैर्य रहन पनि पालिकावासीहरू सँग आग्रह गरे । 

त्यसका लागि  विभिन्न योजनाहरू बनाएर काम भइरहेको जानकारी गराउँदै  पालिकामा शिक्षा,स्वास्थ्य,खानेपानी,सडक जस्ता विकासमा पूर्वाधारहरूका कामले भने गति लिई रहेको पनि खड्काले बताए ।  उनले गाउँपालिकाले आगामी दिनमा  गर्ने समग्र विकास निर्माण कार्य एवं सेवा प्रवाहलाई अझ बढी प्रभावकारी बनाउने कुरामा गाउँका अगुवा र बुद्धिजीवीहरू सँग बाट सकारात्मक अमूल्य एवं रचनात्मक सल्लाह र सुझावको अपेक्षा पनि गरे । 

गाउँपालिकाले चालु आ.व. ०७९÷८० को दोस्रो चौमासिक अवधिसम्मको विकास आयोजना तथा कार्यक्रमको प्रभावकारिता तथा सेवा प्रवाहको अवस्था विषयमा गरेको  सार्वजनिक सुनुवाइ कार्यक्रममा अवसरमा अध्यक्ष खड्काले उक्त धारणा व्यक्त गरेका हुन् । 

सो अवसरमा  गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो चौमासिक अवधिसम्म ५५.९४ प्रतिशत रकम खर्च भएको जानकारी पनि  गराइएको थियो ।

प्रहार मिडिया प्रा.लिको सहजीकरणमा  भएको उक्त  कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले गाउँपालिकाको समग्र प्रगति प्रतिवेदन सहित  चालु आ.व. ०७९÷८० को दोस्रो चौमासिक अवधिसम्मको विकास आयोजना तथा कार्यक्रमको फेहरिस्त सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा पेस गर्नु भएको थियो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत थापाले  गाउँपालिकाले चालु तर्फ रु ३३ करोड ८७ लाख ८० हजार र पुँजीगत तर्फ रु ३१ करोड ४१ लाख ६६ हजार गरी जम्मा रु ६५ करोड २९ लाख ४६ हजार विनियोजन भएकोमा चालु खर्च तर्फ हाल सम्म रु २२ करोड ५ लाख ९३ हजार ९ सय १४ रुपैयाँ १४ पैसा अर्थात् ६५.११ प्रतिशत रकम खर्च भएको जानकारी पनि गराउनु भएको थियो   ।

कार्य योजना प्रस्तुतिका क्रममा प्रमुख प्रशासकीय अधिकृत थापाले   पुँजीगत तर्फ रु १४ करोड ४६ लाख ९६ हजार ४ सय १४ रुपैयाँ ९३ पैसा अर्थात् ४६.०५ प्रतिशत रकम खर्च भएको जानकारी पनि गराउनु भयो ।  जस अनुसार पालिकाले चालु र पुँजीगत गरी कूल रु ३६ करोड ५२ लाख ९० हजार ४ सय ४ रुपैयाँ ०८ पैसा अर्थात् ५५.९४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको पनि थापाले जानकारी गराउनु भयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन,लगायत गाउँपालिकासँग जोडिएका विभिन्न विषय वस्तुरुमा केन्द्रित रहेर प्रश्न गरेका थिए । सहभागीहरूको प्रश्न,जिज्ञासा र गुनासाहरूको जवाफ दिनका लागि जबाफदेही वक्ताका रूपमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सबै वडाका वडा अध्यक्षहरूलाई सहभागी गराइएको थियो ।

कार्यक्रमका  अवसरमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलका नेताहरूले पनि पालिकाको विकास र संम्बृद्धिका लागि अपुग कुराहरूका बारेमा पालिकालाई सुझाव दिएका थिए । कार्यक्रमका अवसरमा  ठुलो सङ्ख्यामा जिल्लाका संचारकिर्मिहरुको पनि उपस्थिति रहेको थियो । 

Share36Tweet23Share6

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२ जेष्ठ २०८०, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२ जेष्ठ २०८०, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२ जेष्ठ २०८०, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२ जेष्ठ २०८०, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२ जेष्ठ २०८०, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२ जेष्ठ २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.