Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको नागरिक समाजले बुझायो सरकारलाई ध्यानाकर्षण पत्र 

नेपाल अभियान नेपाल अभियान
७ जेष्ठ २०८०, आईतवार
in समाचार, समाज
0
46
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप,७ जेठ । पछिल्लो समयमा भुटानी शरणार्थी प्रकरणका दोषी लगायतका विभिन्न भ्रष्टाचारका घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गर्दै रामेछापको नागरिक समाजले जिल्ला प्रशासन कार्यालय मार्फत सरकार लाई ध्यानाकर्षण गराएको छ  ।  

 नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाई तेस्रो मुलुकमा पठाउने कार्य लगायत स्थानीय तथा राष्ट्रिय स्तरमा चर्चामा आएका भ्रष्टाचार सम्बन्धी घटनामा सरकारका विभिन्न तहका केही उच्च पदस्थ व्यक्ति र उनका नातागोता समेत संलग्न भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक स्तरका विभिन्न संघ संस्थाहरूको देवकोटा चोक वाट निस्किएको ¥याली सहित जिल्ला प्रशासन कार्यालय पुगेका नागरिक अगुवाले सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका थिए  । 

 राज्य सञ्चालक नै मानव तस्करी तथा अन्य भ्रष्टाचारजन्य आपराधिक गतिविधिमा संलग्न हुनु राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय भएको ध्यानाकर्षण पत्रका उल्लेख छ । यस्ता आपराधिक घटना कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारबाही गरिनु पर्ने माग ध्यानाकर्षण पत्रमा गरिएको छ । 

आम नागरिकमा राज्य व्यवस्था, राज्यका अङ्ग तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, तथा राजनीतिक दलप्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरिएको छ ।     

ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे,गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न प्रसाद कँडेल, सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका अध्यक्ष ज्ञानबहादुर खड्का, रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँ, मानव अधिकार एलाइन्स रामेछापका अध्यक्ष थिर बहादुर थापा, इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिक,प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठ, प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी र प्रेस सेन्टर रामेछापका अध्यक्ष निरोज श्रेष्ठ लगाएतले हस्ताक्षर गरेका छन् ।

Share18Tweet12Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ जेष्ठ २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ जेष्ठ २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ जेष्ठ २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ जेष्ठ २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ जेष्ठ २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ जेष्ठ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero