Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सार्वजनिक बिदामा सरकारी गाडी सहितको टोली लिएर प्रतिअ निरौला जल– विहारमा 

नेपाल अभियान नेपाल अभियान
१५ जेष्ठ २०८०, सोमबार
in समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१५ जेठ । कार्यालयमा हाजिर भएपछि अनावश्यक काममा एक मिनेट पनि समय खेर नफाल्ने प्रतिबद्धता व्यक्त गरेकी रामेछाप जिल्लाका प्रतिअ अनिता निरौलाले आफ्नै प्रतिबद्धता विपरीत काम गर्नभएको छ । उहाँले मुलुकभर १६ आंै गणतन्त्र दिवस मनाई रहँदा त्यसको पनि बेवास्ता गर्दै आफुले गरेको सार्वजनिक प्रतिबद्धता र गृह मन्त्रालयको परिपत्रलाई समेत  लत्त्याउनुभएको हो । 

 आइतबार सार्वजनिक सूचना मार्फत सबैलाई गणतन्त्र दिवसमा दीप प्रज्वलन गर्न   फर्मान जारी गरेकी प्रतिअ आफू भने सहायक प्रतिअ सहितको जम्बो टोली लिएर सोमबार बिहान सार्वजनिक विदाको समेत बेवास्ता गर्दै जल विहारमा निश्किएपछि उक्त विषयले चर्चा पाएको हो । जसका कारण गणतन्त्र दिवसको दिन सरकारी कार्यालयको अगुवाइमा रामेछापमा कुनै औपचारिक कार्यक्रम पनि  भएनन् । त्यसको नेतृत्व न त जिल्लाको जन निर्वाचित प्रमुख निकाय जिल्ला समन्वय समितिले ग¥यो न प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालय लेनै   ।

 गणतन्त्र दिवसको दिन प्रतिअ निरौलाको नेतृत्वमा जिल्ला प्रशासनको दुई वटा, कोलेनिकाको एउटा र मन्थली नगरपालिकाको एउटा गरी चार वटा सरकारी गाडी लिएर जम्बो टोली सुनकोसी नदिमा रयाफटिङमा रमाउन गएको कुरा सत्य भएको टोलीमा सहभागी एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो । प्रतिअ लगायत अन्य सबैको फोन नउठ्नुको कारण मोबाइल भिज्ने सम्भावनाले हामी सबैको मोवाइल   एकै ठाउँमा प्लास्टिकमा राखेर डुङा चढिरहेका थियांै । तर यस विषयमा प्रमुख जिल्ला अधिकारी निरौलाले भने अहिले ब्यस्त भएकोले  पछि कुरा गरौला भन्दै टार्नुभयो । 

 प्रजिअको जम्बो टोली सफरमा निस्किएपछि कार्यालयमा सवा लिन पुगेका  नागरिक हरुले सेवा लिनबाट समेत वञ्चित हुनु परेको गुनासो गरेका छन् । 

 सार्वजनिक विद्याको दिन पनि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता,राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गर्ने प्रशासनको सूचनाका आधारमा कार्यालयमा पुगेका सेवाग्राहीहरू पनि रित्तै हात फर्कनु परेपछि उक्त कुराले थप चर्चा पाएको हो । प्रजिअको यो कार्यले जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भनी सर्वसाधारणलाई झुक्क्याएको छ । 

एक हप्ता अघि कार्यालयले जारी गरेको सूचनामा चण्डी पूर्णिमा, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उँधौली पर्व,योमरीपुन्ही,तमु ल्होसार, माघी पर्व, सोनाम ल्होसार,महाशिवरात्रि, ग्याल्बो ल्होसार, इद (इद उलफित्र), बकर इद (इद उलअजाह), गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तिकादिन पनि कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र,राहदानी सम्बन्धी सेवा र राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह गर्ने उल्लेख गरिएको थियो ।

सोही  सूचनाका आधारमा सोमबार कार्यालयमा सेवा लिन गएका नागरिकले भने कार्यालयबाट सेवा नपाएको गुनासो गरेका छन् । कार्यालयमा राष्ट्रिय परिचयपत्रको सेवाबाहेक अन्य सेवा दिने कर्मचारी नपाइएको सेवाग्राहीले गुनासो गरेका हुन् । नागरिकता सम्बन्धी काम लिएर कार्यालयमा गएको भए पनि कर्मचारी नभएको कारण आफ्नो काम नभएको मन्थली नगरपालिका–५ का पूर्व वडा अध्यक्ष समेत रहेका सेवाग्रहि रामबहादुर कार्कीले बताउनुभयो । 

उहाले भन्नुभयो–‘नागरिकता सम्बन्धी काम लिएर  प्रशासन गएको थिए थिएँ, तर कोही कर्मचारी नभेटिएकोले काम भएन’, । बागमती प्रदेश सभा सदस्य  तारानारायण श्रेष्ठले सेवा दिन्छु भनेर कार्यालय बन्द गरेर हिँड्ने कुरा गलत भएको बताउनुभयो । सेवा दिन नसक्ने भए त्यस्तो सूचना जारी गर्नु नहुने उहाँको भनाई  छ । त्यो भन्दा पनि देश भरी नै गणतन्त्र दिवस भव्य रूपमा मनाउन सर्कुलर भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारी त्यसको अवज्ञा गरेर हिँड्नु गम्भीर विषय भएको श्रेष्ठले बताउनुभयो । ‘गणतन्त्र दिवसको गृहको सर्कुलर नै बेवास्ता गर्दै सयरमा हिँड्नु  भनेको  गम्भीर राजनीतिक प्रश्न हो’, उहाले भन्नुभयो । 

Share8Tweet5Share1

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१५ जेष्ठ २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ जेष्ठ २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ जेष्ठ २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ जेष्ठ २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ जेष्ठ २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ जेष्ठ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero