Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

थप शैक्षिक सुधारका लागि प्रयास गर्दै मन्थली मा.वि.

नेपाल अभियान नेपाल अभियान
५ असार २०८०, मंगलवार
in शिक्षा, समाचार, समाज
0
42
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,५ असार । वर्तमान शैक्षिक अवस्थालाई सुधार गर्न मन्थली माविले विभिन्न प्रयत्नहरू गरिरहेको छ । 

नयाँ शैक्षिक सत्र को सुरुवातमै नयाँ भवनमा सरेको यस नमूना माध्यामिक विद्यालयको पठन पाठनलाई अब्बल बनाउन विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी सबै लागि परेका छन् । 

यस अघि मन्थली नगरपालिकाका अधिकांश विद्यालयहरूले ५ दिनको गर्मी बिदा दिँदा पनि यस विद्यालयले आफ्नो पठन पाठनलाई जारी राख्यो । पठन पाठनलाई गुणस्तरीय बनाउन बेलाबेलामा अभिभावक भेला गर्ने र विद्यार्थीहरुको गुनासो सुन्ने काम  गर्नुका साथै अभिभावकहरूलाई विद्यालयको आम्दानी र खर्चको बारेमा जानकारी गराइने गरेको मन्थली माविका प्रधानाध्यापक टङ्क प्रसाद दाहालले बताउनुभयो । 

उहाँले  हरेक शैक्षिक गतिविधिको काम विगतको भन्दा फरक तरिकाले गर्ने गरिएको र   सकभर यहि महिना भित्र २ हजार १ सय ७३ जना अभिभावकहरूलाई बोलाएर अभिभावक भेला गर्ने तयारी पनि विद्यालयले गरिरहेको बताउनुभयो । 

विद्यालय ब्यवस्थापन समिति र विद्यालय प्रशासनले पारदर्शिता र सुशासनको माध्यमबाट विद्यालयको शैक्षिक गुणस्तरको अवस्थालाई अरू  प्रभावकारी बनाउनुका साथै शिक्षक र  विद्यार्थीहरूको कमी कमजोरी भए त्यसको पनि अन्त्य गरी मन्थली माविको शैक्षिक गुणस्तरलाई सुधार गर्ने तयारीका साथ व्यवस्थापन समिति लागि परेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्याम सुवेदीले बताउनुभयो । 

उहाँले पछिल्लो समयमा विद्यालय प्रति सामाजिक सञ्जालहरूमा आएका नकारात्मक टिका टिप्पणी तिर नलाग्न अनुरोध गर्दै जसको छोरा छोरी निजी विद्यालयमा पढाउँछ उसले नै बढी यस विद्यालयको बारेमा नकारात्मक प्रचार बजी गरेर विद्यालयको बदनाम गराउने खोज्ने गरेको कुरालाई जोड दिँदै यस्ता कुराहरूको पछि नलाग्न सबै सरोकारवालाहरूलाई अनुरोध गर्नुभयो । 

उहाँले भन्नुभयो– विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयबाट बनेको नीति र विधिका आधारमा काम गर्दै आएकोले विद्यालयको पारदर्शितामा कसैले केही शङ्का गर्न जरुरी छैन ।  शङ्का लाग्नेले जतिखेर पनि विद्यालय बाट आर्थिक कुराहरू बुझ्न सकिन्छ ।  

बेला वेलामा हुने गरेको कक्षागत अभिभावकहरुको भेलामा कक्षा शिक्षक  समेतलाई उपस्थिति गराएर कुन विद्यार्थीको कस्तो अबस्था र त्यसलाई सुधार गर्न के गर्नु पर्छ भनेर पनि सुझाव लिने दिने  गरिएको सो बिद्यालयका सहायक प्र अ खेच बहादुर खड्काले बताउनुभयो ।   

 विद्यालयको गतिविधि र आफ्ना बालबालिकाको पठन पाठका विषयमा अब क्रमैसँग कक्षागत रूपमा अभिभावकहरू बोलाएर अन्तरक्रिया कार्यक्रम गर्ने कामको सुरुवाती भइसकेकोले यसलाई निरन्तरता दिई थप रणनीति बनाई  विद्यालयको शैक्षिक सुधार गर्ने योजना विद्यालयको रहेको  विद्यालयका अर्का सहायक प्रधानाध्यापक चन्द्र सिंह धामीले बताउनुभयो । यस विद्यालयमा कुल २ हजार २ सयको संख्यामा विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

Share17Tweet11Share3

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

५ असार २०८०, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

५ असार २०८०, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

५ असार २०८०, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

५ असार २०८०, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

५ असार २०८०, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

५ असार २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero