
मन्थली,१२ साउन । मन्थली माध्यामिक विद्यालय मन्थलीले शुक्रवार स्व पेशल आचार्यको १३ औं पुण्य तिथिमा शोक सभाको आयोजना गरेको छ ।

पत्रकार महासंघ रामेछाप र दोलखा शाखाका संस्थापक उप–सभापति, साहित्यकार एबं प्राध्यापक पेशल आचार्यको एक कार्यक्रमका विच मन्थली क्याम्पसको प्राङ्गडमा शोक सभाको आयोजना गरिएको हो ।
जिल्लामा सबैले चिन्ने नाम “पेशल सर” अब रहनुभएन,पेशल सर स्पेशल सर हुनुहुन्थ्यो उहाको निधनले विद्यालय परिवारलाई मात्र नभएर सिंगो जिल्लावासीलाइनै अपुरणीय क्षति भएको समभा वोल्ने अधिकांस वक्ता हरुले बताए ।
सुनसरी जिल्ला स्थायी ठेगाना भई ३० वर्ष देखि रामेछापमा पत्रकारीता, सहित्य र प्राध्यापन क्षेत्रमा कलम चलाएका आचार्य जिल्लामा बिशिष्ट ब्यक्तित्वका रुपमा चिनिन्थे ।

मन्थली मावि मन्थली का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त सभामा बिद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, पत्रकार हिमाल ढुंगेल, पत्रकार महासंघका वागमती प्रदेश कोषाध्यक्ष रामेश ढुंगेल, पत्रकार प्रकाश परिस्कार, कर्कलादेवी इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल केशव तिमिल्सेना,शिक्षक टंकराज सुवेदी, प्रदिप राज सुवेदी मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसका प्रमुख डा. भरत कुमार श्रेष्ठ लगाएतले पेशल आचार्यले दिएको योगदानका वारेमा चर्चा गरेका थिए ।
स्वर्गिय आचार्य मन्थली माविमा सहायक प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाका २ छोरी १ छोरा र श्रीमती हुनुहुन्छ ।
जेठको दोस्रो साता देखि उहालाई समस्या बढदै गएपछि उपचारका का लागि काठमाण्डौ लगिएको थियो । ब्रेन ट्युमरको उपचार गराइ रहनु भएका आचार्यको मेडिसिडटी अस्पतालमा यहि साउन १ गते निधन भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया