मन्थली,८ कार्तिक । मन्थली नगरपालिका वडा नं–१ सानीमदौका श्याम सुवेदीले विभिन्न कलेज र विद्यालयमा अध्ययनरत १ सय भन्दा बढी छोरीहरुका लागि दश लाख बराबरको नगद सहितको छात्रावृति प्रदान गर्नुभएको छ ।
लामो समयदेखि समाज विकासमा योगदान दिँदै आउनु भएका सुवेदीले आइतवार एक औपचारीक कार्यक्रमको आयोजना गरि जेहन्दार छात्राहरुका लागि उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । निभृत्त शिक्षक समेत रहनु भएका सुवेदी मन्थली माविका पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
दश वर्ष अघिबाट मन्थली माविका १० जना वालिकाहरुलाई छात्रवृत्ति दिएर आफ्नो सहयोग यात्रा आरम्भ गर्नु भएका सुवेदीले ८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १ सय ६ जना वालिकाहरुलाई छात्रवृत्ति वापतको नगद र शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो ।
सुवेदीले मन्थली सहित स्मृति क्याम्पस र तामाकोशी जनजागृति क्याम्पस खिम्तिमा अध्ययनरत ३ /३ जना छोरीहरुलाई जनहि १८ हजार रुपैयाँका दरले र बाँकी विद्यालयबाट जेहन्दार छात्र शिर्षकमा सिफारीस भएका छोरीहरुलाई झण्डै एक बर्ष सम्मका लागि पुग्ने पोशाक,झोला,कापी र कलम उपलब्ध गराउनु भएको हो ।
छोरीहरुको पढाई गुणस्तरीय हुन सक्यो भने मात्र परिवार र समाजमा परिवर्तन आउने बिश्वासका साथ आफुले जेहन्दार छोरीहरुका लागि मात्र छात्रवृत्ति दिँदै आएको सुबेदीले बताउनुभयो ।
उहाको अभियान एघारौ बर्ष पुरा भएको छ । उहाले यसलाइ जीवन पर्यन्त सम्म चालु राख्ने साथै सामुदायिक विद्यालयहरुमा पनि विस्तार गर्दै लैजाने योजना आफ्नो रहेको वताउनुभयो ।
मन्थली माध्यामिक विद्यालयका पूर्ब प्रधानाध्यापक गु्न्ज वहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले शिक्षा विना कुनै पनि मुलुकको विकास सम्भब नहुने भन्दै छोरीहरुका लागि दिइने शिक्षाबाट मुलुकको सम्बृद्धिमा अर्थपूण भुमिका निर्वाह गर्ने बताउनुभयाे । उहाँले सुवेदीले पुर्याउनु भएको योगदानबाट अरुले पनि सिक्नु पर्ने धारणा राख्नु भयो ।
यसैविच सोही अवसर पारेर गुणस्तरिय शिक्षाका लागि परिवर्तनका संम्वाहक बन्न प्रयास गर्ने २ विद्यालयका २ जना शिक्षकलाई पनि पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुने शिक्षकहरुमा खाँडादेवी मावि चोप्राँङ्गका गणित शिक्षक सुबोध यादब र पशुपति मावि भुलभुलेका अग्रेजी शिक्षक प्रह्लाद खत्री रहनुभएको छ । उहाँहरुलाई जनही २० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया