Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा चामल लगायतको खाद्यन्नमा मुल्य वृद्धि, प्रशासन भने वेखबर

नेपाल अभियान नेपाल अभियान
७ भाद्र २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
103
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २५ साउन । भारतले चामलको निकासिलाई बाह्य मुलकमा प्रतिबन्ध लगाउने घोषण गरेसंगै हौसियका ब्यापारीहरुले चामल च्युरा लगाएतको खाद्यन्न सामग्रिमा अचाक्ली मुल्य बढाएका छन् । कृतिम रुपमा वढेको मुल्य वृद्धिका कारण सर्वसाधारणलाई भने भान्सानै चलाउन पनि समस्या भई सकेको उपभोक्ताहरुको गुनासो रहेको छ । यस बारेमा स्थानिय प्रशासनले राम्ररी बुझेको भएपनि उसले अहिले सम्म बजार नियन्त्रणको सबालमा कुनै चासो नदेखाएकै कारण यो अवस्था सृजना भएको हो ।
भारत सरकारले चामल निर्यातमा प्रतिबन्ध लाउने निर्णय आएकै दिन देखि निउ बनाएर पुरानो स्टोर गरेर राखेको चामलमा पनि मुल्य बृद्धि गरेका थिए । यसरी ब्यापारीहरुले धेरैजसो खाद्य सामाग्रिमा मुल्य बढाएको र सो मितिले १ महिना नाघिसक्दा पनि नियामक र सरोकारवाला निकायले चासो नराख्नु सर्व साधारणको लागि भने निकै दुःखद कुरा भएको उपभोक्ताहरुले बताएका छन् । बजारमा यतिबेला सबै भन्दा बढि चामल र च्युराको मुल्य बृद्धि भएको मन्थली नगरपालिका ७ का उपभोक्ता निर्माण माझीले वताउनु भयो । त्यसमा पनि प्रायजसो सर्व साधारणले प्रयोग गर्ने सोना मन्सुलीको मुल्य अत्याधिक बढेको पनि माझीले गुनासो गर्नु भयो । जसको मूल्य १ महिनाको विचमा प्रतिबोरा ६ सय रुपैयाँ सम्म बढ्दा पनि नियामक निकायले वेवास्ता गर्नु दुखद कुरा भएको पनि उपभोक्ता माझिले बताउनु भयो ।
तुलनात्मक रुपमा सोना मन्सुली अरु चामल भन्दा पनि सस्तो पर्ने भएकोले ग्रमिण क्षेत्रका सर्वसाधारण नागरिकहरुले पनि सर्वाधिक रुपमा यसको प्रयोग गर्दे आएका छन् । तर सोहि चामल भने अहिले बोरामा ६ सय रुपैयाँ सम्म बढेको छ । त्यस वाहेक अरु सबैजसो चामलमा १ सय देखि १ सय ५० रुपैयाँ सम्म बृद्धि भएको छ । त्यस्तै च्युरामा प्रति केजि ४० रुपैयाँ र मसला जिरामा प्रति केजि ५ सय रुपैयाँबाट १हजार ३ सय रुपैयाँ मुल्य बढेको छ ।
बजारको मूल्य वृद्धिका बारेमा उप्रति स्टोर मन्थलीका प्रोपाईटर रामहरी उप्रेतले ठुला ब्यापारी र मिलवालाहरुलेनै मुल्यवृद्धि गरेर पठाएकोले चामल लगायतका केहि खाद्यन्नमा स्वत मुल्य बढेको स्वीकार्नु भयो । यसरी मुल्य बृद्धिहुनुमा स्थानिय ब्यवसायीहरुको भने कुनै हात नभएको पनि उप्रेतिको भनाई रहेको छ ।
केहि दिन अघि मन्थली नगरपालिकाले पनि आफनो नगरका ५ वटा वडाका होटल र पसल अनुगमन गरेको र मन्थली नगरपालिकाले अनुगमनका क्रममा जफत गरि बरामद म्याद नाघेका अखाद्य सामाग्रि नष्ट गरेको थियो । सो क्रममा नगर अनुगमन समितिले पनि मुल्य नियन्त्रण र मुल्य वृद्धीको अवस्थाका बारेमा खासै चासो नदेखाएका कारण ग्रामिण बजार झनै महंगो भएको मन्थली नपा ५ का अजय घिमिरेले गुनासो गर्नु भयो । अहिले मन्थली बजारको तुलनामा ग्रामिण बजारका ब्यवसायीहरुमा मनोपलि बढेका कारण ग्रमिण बजारमा भनै झनै मुल्य बृद्धि भएको पनि घिमिरेले वताउनु भयो ।
नेपाल सरकार र स्थानिय सरकारले तय गरेको कार्यविधिका आधारमा सुक्ष्म तरिकाले गरिएको अनुगमनका क्रममा साना ठूला सबै जसोमा केहि न केहि कम्जोरी भेटिएको थियो । टोलीले ति बजारका औषधि पसल देखी हार्ड वेयर पसलको समेत अनुगमन गरेको थियो । सो क्रममा ब्यवसायीहरले पहिलो अनुगमन भएकोले आईन्दा कम्जोरी नहुने भनेपछि आधार हुँदाहुँदै पनि कसैलाई पनि जरिवाना नगरि टोली जफत गरेको सामान लिएर फर्किएको थियो ।
अहिलेको बजार र मूल्य वृद्धि आदीका बारेमा रामेछाप उद्योग वाणिज्य संघका सचिब यज्ञ सुवेदी संग सोधनी गर्दा उहाँले बजारको मूल्य हजार भए पनि रामेछापको सन्दर्भमा भने स्थानिय साथिहरुका कारण कृतिम मूल्यबृद्धि नभएको बताउनु भयो । उहाँले यस बारेमा उद्योग वाणिज्य संघ आफैले पनि आन्तरिक रुपमा बजार अनुगमन गरि साथिहरुलाई सचेत समेत गराई सकेको जानकारी दिनु भयो ।
मूल्य बृद्धि र बजार अनुगमनका सम्बन्धमा रामेछाप जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक दीपक कोईराला संग समपर्क गर्दा वहाँले बजारका वारेमा आफुले पनि केहि कुरा सुनेको र प्रमुख जिल्ला अधिकारी विदामा बस्नु भएकाले वहाँ आउना साथ सल्लाह गरेर प्रकृया अगाडि बढाउने जानकारि दिनु भयो । उहाँले भन्नुभयो – उपभोक्ता अधिकारका बारेमा प्रशासन सचेत र गम्भिर छ.।

Share41Tweet26Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ भाद्र २०८०, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ भाद्र २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ भाद्र २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ भाद्र २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ भाद्र २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

७ भाद्र २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero